जेलेन्स्कीले भने, ‘मस्को आक्रमणको लागि पुटिन युक्रेनलाई दोष दिन चाहन्छन्’
कीएभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको कन्सर्ट हलमा भएको आक्रमणको लागि आफ्नो देशलाई दोष दिन चाहेको दाबी गरेका छन् । शुक्रबार मस्कोको कन्सर्ट हलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३३ जनाको मृत्यु भएको थियो । रुसी राष्ट्रपति पुटिनले आक्रमणमा संलग्न चार जनालाई पक्राउ गरिएको बताएका छन् ।
जेलेन्स्कीले भने, ‘शुक्रबार मस्कोमा के भयो, त्यो स्पष्ट छ। तर पुटिन र केही अन्य मानिसहरूले आक्रमणको दोष अरू कसैमाथि लगाउन खोजिरहेका छन्। वास्तवमा पुटिनले आक्रमणपछि आक्रमणकारी युक्रेनतर्फ भागिरहेको बताएका थिए ।
रूसले सधैँ पुरानो चाल खेल्ने बताउँदै जेलेन्स्कीले उसले युक्रेनलाई कुनै पनि कुराको लागि दोष दिने जिकिर गरे । उनले भने, ‘यो आक्रमणपछि रुसी जनतालाई सान्त्वना दिनुको सट्टा पुटिन दिनभर मौन बसे । यसको दोष युक्रेनलाई कसरी लगाउने भनेर सोचिरहे।’
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण