शंकरदेव क्याम्पसको स्ववियुद्वारा होली विशेष कार्यक्रम, नयाँ विद्यार्थी आन्दोलनमा जोड
काठमाडौँ । काठमाडौँको शंकरदेव क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले होली विशेष कार्यक्रम मनाएको छ । क्याम्प प्रांगणमा आइतबार आयोजित कार्यक्रममा विद्यार्थी आन्दोलनलाई देश विकासमा जोड्नुपर्ने आवश्यकता औँल्याएएको हो ।
कांग्रेसका युवा नेता शुभराम बस्नेतले शंकरदेव कलेजको विकासमा स्ववियुले विशेष योगदान गरेको बताए । ‘सबै जसो क्याम्पसको स्ववियुमा नेविसंघको उपस्थिति छ । देश परिवर्तनका लागि विद्यार्थी नै लाग्नुपर्छ,’ उनले भने,‘देश निर्माण गर्ने विद्यार्थी उत्पादनमा स्ववियुले जोड दिनुपर्छ ।’
सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वार्थको द्वन्द्व हुने गरी गृहमन्त्री बनेर नैतिकताको राजनीतिलाई चुनौती दिएको नेता बस्नेतले बताए । २०८४ पछि माओवादी केन्द्रजस्ता सत्ता लिप्त साना दलको दोकान बन्द हुने उनले बताए ।
यस्तै शंकरदेव क्याम्पसका स्ववियु सभापति सुशान्त बस्नेतले विद्यार्थीको हक हितका लागि धेरै काम गर्न बाँकी रहेको बताए । शंकरदेव क्याम्पका लागि बागमती प्रदेश सांसद दीपेन्द्र श्रेष्ठको पहलमा ५० लाख र शंकरदेवका पूर्व सभापति शुभराम बस्नेतको पहलमा काठमाडौँ महानगरपालिकाबाट ४० लाख प्राप्त भएको सभापति बस्नेतले बताए ।
यस्तै शंकरदेव स्ववियु सचिव मदन उपाध्यायले मुर्झाएको विद्यार्थी आन्दोलन उठाउनुपर्ने चुनौती देखिएको बताए । कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न क्याम्पसका स्ववियु सभापतिहरूको उपस्थिति रहेका थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण