पोखरामा सुरु भयो चीनको ड्रागन बोट फेस्टिभल
पोखरा । पोखराको दोस्रो ठुलो ताल बेगनासमा आज (आइतबार) देखि ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ । नेपाल ड्रागन बोट संघ गण्डकी प्रदेश, पोखरा महानगरपालिका र होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथको संयुक्त आयोजनामा दुई दिने फेस्टिभल सुरु भएको हो । प्रतियोगितामा १४ टिमको सहभागिता छ ।
महोत्सवको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गरेका छन् । उनले खेलकुद क्षेत्र कूटनीतिक सम्बन्ध विस्तारको माध्यम बन्दै गएको भन्दै नेपालले यसको उपयोग गर्न सक्नुपर्ने बताए । खेल क्षेत्रलाई पर्यटनसँग जोड्दै विकासको माध्यम बनाउनुपर्ने उनको तर्क छ ।
चीनबाट सुरु भएको ड्रागन बोट रेस दक्षिण एसियामा अघिल्लो वर्षदेखि छिरेको छ । अघिल्लो वर्ष पोखराको फेवातालमा नेपाल र चीनका खेलाडीबिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताकै लागि १ सय २० सदस्यीय टोली चीनबाट पोखरा आएको थियो । प्रत्येक टिममा १२ जना खेलाडी सहभागी हुन्छन् ।

यसपालि १४ टिमबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ५ सय र २ सय मिटर गरी दुई स्पर्धा हुनेछ । आइतबार २ सय मिटर तर्फको प्रतिस्पर्धा सकिएको छ । नारा पोखरा उक्त इभेण्टमा पहिलो हुँदै एक लाख नगद जितेको छ । वाटर स्पोर्टस् एसोसियसनले दोस्रो बनेर ५० हजार पाएको छ भने हर्पन मत्स्य समूह तेस्रो हुँदै २५ हजार पायो ।
सोमबार हुने पाँच सय मिटरतर्फको प्रतिस्पर्धामा प्रथम हुनेले २ लाख, दोस्रोले १ लाख ५० हजार र तेस्रोले ७५ हजार नगद पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण