सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

आइतबार, ११ चैत २०८०, १९ : ५४
आइतबार, ११ चैत २०८०

कैलाली । कैलालीको भजनी नगरपालिका–२ रजवाराका १३ वर्षीया बालिका ममता विकको नजिकैको काँडा नदीमा नुहाउने क्रममा आज डुबेर मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएकी उनीको भजनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । 

भजनी– सुख्खड सडक खण्डमा से१त ८६३५ नंको ट्र्याक्टरले ठक्कर दिँदा घाइते भएका सुपप्र ०१०१० प ९०६८ नंको मोटरसाइकलका चालक भजनी नगरपालिकाका २५ वर्षीय धिरज चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । ठक्कर दिएर फरार ट्र्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

यसैगरी, कैलालीको चुरेपहाडी क्षेत्र मोहन्याल गाउँपालिका–३ मा रहेको साँघुरो खोलामा आजै एक व्यक्ति मृतावस्थामा भेटिएका छन् । सुर्खेत घर भई हाल मोहन्यालमा बस्दै आएका ४२ वर्षीय भक्तबहादुर रानामगर उक्त खोलामा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप