हाउसफूल ५ क्रूज थिममा आधारित रहने, अमेजन प्राइमले किन्यो डिजिटल राइट्स

मुम्बई । हाउसफूल फ्रान्चाइजीको ४ हिट फिल्मपछि साजिद नाडियाडवालाले चाँडै हाउसफूल ५ लिएर आउने भएका छन् । यो चलचित्रको रिलिज मिति घोषणा भइसकेको छ । पाँचौँ संस्करण क्रूज थीममा आधारित हुने बताइएको छ ।
निर्माता नाडियाडवाला हालै अमेजन प्राइम भिडियो कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा उनले आफ्ना आगामी ४ चलचित्र थिएटरपछि सिधै अमेजन प्राइममा रिलिज गरिने जानकारी दिए । यी चलचित्रहरूमा कार्तिक आर्यनको चन्दू च्याम्पियन, अहान शेट्टीको सनकी, टाइगर श्रौफको बागी ३ र मल्टीस्टारर कमेडी फिल्म हाउसफूल ५ सामेल छन् ।
यस घोषणासँगै एक टिजर जारी गरिएको थियो जसमा हाउसफूल फेन्चाइजीका पछिल्ला ४ चलचित्रको हाइलाट्ससँगै क्रूजको दृश्य पनि समावेश गरिएको थियो । बलिउड हङ्गामाको रिपोर्टअनुसार यो हाउसफूल ५ को थिम हुनेछ ।
अक्षय कुमारले डिसेम्बर २०२३ मा सामाजिक सञ्जालमार्फत चलचित्रको रिलिज हुने मिति घोषणा गरेका थिए । यो चलचित्र अर्को वर्षको जुन ६ मा आउनेछ ।
चलचित्र यही वर्षको दीपावलीमा रिलिज गर्ने भनिएपछि यसलाई सन् २०१५ सम्म सारिएको थियो । चलचित्रलाई दोस्तानाका निर्देशक तरुण मनसुखानीले निर्देशन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते