रफाहमा आक्रमण गर्ने इजरायली योजनाविरुद्ध इजिप्ट र राष्ट्र संघको चेतावनी
कायरो । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले आइतबार प्यालेस्टाइनीहरूलाई आफ्नो क्षेत्रबाट विस्थापित गर्ने कदम अस्वीकार गरेका छन् । साथै उनीहरूले दक्षिणी गाजा शहर रफाहमा गरिने इजरायली सेनाको कुनै पनि कारबाही पनि अस्वीकार गरेका हुन् ।
काइरोमा भएको वार्ताका क्रममा दुवै नेताले रफाहमा कुनैपनि इजरायलविरुद्ध कारबाही नगरे भयावह नतिजा आउने चेतावनी दिएका छन् । उनीहरूले गाजामा तत्काल युद्धविराम गर्न र घेरामा परेका एन्क्लेभका मानिसहरूलाई पर्याप्त मानवीय सहायता पुर्याउन तीव्र प्रयासहरूबारे पनि छलफल गरेका छन् । इजरायलले रफाहमा ठुलो आक्रमणको योजना बनाएको छ । जहाँ करिब १५ लाख आन्तरिक विस्थापित प्यालेस्टिनीहरू बसोबास गर्दछन् । संयुक्त पत्रकार सम्मेलनमा संयुक्त राष्ट्र प्रमुखले गाजामा तत्काल मानवीय युद्धविरामको लागि आफ्नो आह्वान दोहोर्याएको बताए ।
त्यस्तै इजिप्टका विदेशमन्त्री समेह शौकरीले गाजामा इजरायलका कारण जनताले पीडा भोगिरहेको जिकिर गरे। यस अवस्थामा संयुक्त राष्ट्रसंघले लिएको कदमको प्रशंसा गरे ।
गाजामा इजरायलको जारी हमलामा हालसम्म ३२ हजार २२६ प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै ७४ हजार ५१८ जना घाइते भएका छन् ।
–सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण