रफाहमा आक्रमण गर्ने इजरायली योजनाविरुद्ध इजिप्ट र राष्ट्र संघको चेतावनी

कायरो । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले आइतबार प्यालेस्टाइनीहरूलाई आफ्नो क्षेत्रबाट विस्थापित गर्ने कदम अस्वीकार गरेका छन् । साथै उनीहरूले दक्षिणी गाजा शहर रफाहमा गरिने इजरायली सेनाको कुनै पनि कारबाही पनि अस्वीकार गरेका हुन् ।
काइरोमा भएको वार्ताका क्रममा दुवै नेताले रफाहमा कुनैपनि इजरायलविरुद्ध कारबाही नगरे भयावह नतिजा आउने चेतावनी दिएका छन् । उनीहरूले गाजामा तत्काल युद्धविराम गर्न र घेरामा परेका एन्क्लेभका मानिसहरूलाई पर्याप्त मानवीय सहायता पुर्याउन तीव्र प्रयासहरूबारे पनि छलफल गरेका छन् । इजरायलले रफाहमा ठुलो आक्रमणको योजना बनाएको छ । जहाँ करिब १५ लाख आन्तरिक विस्थापित प्यालेस्टिनीहरू बसोबास गर्दछन् । संयुक्त पत्रकार सम्मेलनमा संयुक्त राष्ट्र प्रमुखले गाजामा तत्काल मानवीय युद्धविरामको लागि आफ्नो आह्वान दोहोर्याएको बताए ।
त्यस्तै इजिप्टका विदेशमन्त्री समेह शौकरीले गाजामा इजरायलका कारण जनताले पीडा भोगिरहेको जिकिर गरे। यस अवस्थामा संयुक्त राष्ट्रसंघले लिएको कदमको प्रशंसा गरे ।
गाजामा इजरायलको जारी हमलामा हालसम्म ३२ हजार २२६ प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै ७४ हजार ५१८ जना घाइते भएका छन् ।
–सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्गमा आजदेखि रात्रिकालीन सवारी सञ्चालनमा रोक
-
गाजामा मानवीय सहायता पर्खिरहेका कम्तीमा ३४ प्यालेस्टिनी इजरायली सेनाबाट मारिए
-
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज
-
इजरायलसँगको तनावकाबिच इरानले भन्यो, ‘आक्रमण भइरहँदा वार्ता सम्भव छैन’
-
लिभरपुलद्वारा क्लब इतिहासकै महँगो मूल्यमा विर्ट्ज अनुबन्ध
-
वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट : अस्ट्रेलियाले लाबुसेनलाई हटायो, युवा खेलाडीलाई मौका