अब ह्वाट्सएपबाटै एआई इमेज बनाउन सकिने
काठमाडौं । पछिल्लो समय विश्वभर एआई टूलको माग बढेको छ । च्याटजीपीटी सार्वजनिक भएयता एआईको प्रयोग अति नै बढेको छ । हिजोआज हर कोहीले एआई इमेज बनाउन चाहिरहेका छन् । च्याटजीपीटीकै पतिस्पर्धी टूल पनि लञ्च भइरहेका छन् । यी टूलको प्रयोग मानिसहरूले फरक फरक कामका लागि गरिरहेका छन् ।
नयाँ नयाँ एआई टूल बनाउने होड प्रविधि कम्पनीहरूमा चलिरहेको छ । आफ्ना सेवाहरूमा एआई फिचर थप्ने प्रतिस्पर्धा चुलिएको छ । अमेरिकी प्रविधि कम्पनी मेटाले आफ्नो इन्स्ट्यान्ट मल्टीमिडिया म्यासेजिङ एप ह्वाट्स एपमा नयाँ फिचर ल्याउन खोजेको छ । कम्पनीले ल्याउन लागेको यो फिचर एआई सपोर्टेड हुनेछ । यसपछि प्रयोगकर्ताहरूले व्हाट्सएपमै एआई फोटो बनाउन अनि एडिट गर्न सक्नेछन् ।
ह्वाट्सएपको यो नयाँ एआई फिचर यतिबेला बिटा भर्सनमा परीक्षण भइरहेको बताइएको छ । केही हप्ताभित्रै कम्पनीले यसको अपडेट जारी गर्न सक्नेछ । व्हाट्सएपका फिचरहरू ट्र्याक गर्ने विबेटाइन्फोले यो नयाँ फिचरबारे जानकारी दिएको हो । रिपोर्टका अनुसार नयाँ फिचर एन्ड्रोइडको बिटा संस्करण २.२४.७.१३ मा परीक्षण भइरहेको छ ।
बिटा भर्जनमा एआई इमेज एडिट देखिएको छ । नयाँ अपडेट पछि प्रयोगकर्ताहरूले एचडी आइकननजिक ब्याकड्रप रि–स्टाइल र एक्सप्यान्डजस्ता धेरै खाले एआई फिचर पाउनेछन् । फेसबुक, इन्स्टाग्रामलगायत आफ्ना सबै सामाजिक सञ्जालमा एआई टूलको प्रयोगप्रति मेटा गम्भीर रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण