अब ह्वाट्सएपबाटै एआई इमेज बनाउन सकिने

काठमाडौं । पछिल्लो समय विश्वभर एआई टूलको माग बढेको छ । च्याटजीपीटी सार्वजनिक भएयता एआईको प्रयोग अति नै बढेको छ । हिजोआज हर कोहीले एआई इमेज बनाउन चाहिरहेका छन् । च्याटजीपीटीकै पतिस्पर्धी टूल पनि लञ्च भइरहेका छन् । यी टूलको प्रयोग मानिसहरूले फरक फरक कामका लागि गरिरहेका छन् ।
नयाँ नयाँ एआई टूल बनाउने होड प्रविधि कम्पनीहरूमा चलिरहेको छ । आफ्ना सेवाहरूमा एआई फिचर थप्ने प्रतिस्पर्धा चुलिएको छ । अमेरिकी प्रविधि कम्पनी मेटाले आफ्नो इन्स्ट्यान्ट मल्टीमिडिया म्यासेजिङ एप ह्वाट्स एपमा नयाँ फिचर ल्याउन खोजेको छ । कम्पनीले ल्याउन लागेको यो फिचर एआई सपोर्टेड हुनेछ । यसपछि प्रयोगकर्ताहरूले व्हाट्सएपमै एआई फोटो बनाउन अनि एडिट गर्न सक्नेछन् ।
ह्वाट्सएपको यो नयाँ एआई फिचर यतिबेला बिटा भर्सनमा परीक्षण भइरहेको बताइएको छ । केही हप्ताभित्रै कम्पनीले यसको अपडेट जारी गर्न सक्नेछ । व्हाट्सएपका फिचरहरू ट्र्याक गर्ने विबेटाइन्फोले यो नयाँ फिचरबारे जानकारी दिएको हो । रिपोर्टका अनुसार नयाँ फिचर एन्ड्रोइडको बिटा संस्करण २.२४.७.१३ मा परीक्षण भइरहेको छ ।
बिटा भर्जनमा एआई इमेज एडिट देखिएको छ । नयाँ अपडेट पछि प्रयोगकर्ताहरूले एचडी आइकननजिक ब्याकड्रप रि–स्टाइल र एक्सप्यान्डजस्ता धेरै खाले एआई फिचर पाउनेछन् । फेसबुक, इन्स्टाग्रामलगायत आफ्ना सबै सामाजिक सञ्जालमा एआई टूलको प्रयोगप्रति मेटा गम्भीर रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी