सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
टी–२० क्रिकेट

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले पहिले बलिङ गर्ने

सोमबार, १२ चैत २०८०, १२ : ४५
सोमबार, १२ चैत २०८०

काठमाडौँ । आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० क्रिकेटमा सोमबार नेपालले पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ ले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो । खेल नेपाली समय अनुसार, दिउँसो १ः०० बजे सुरु हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ विरुद्धको अघिल्लो दुई टी–२० खेलका लागि यसअघि नै रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको छ । यो टोलीले आयरल्यान्डविरुद्धको सुरुआती दुई खेल खेल्नेछ । त्यसपछि यही राष्ट्रिय टोलीले भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक मैत्रीपूणर् शृंखला पनि खेल्नेछ । 

घोषित टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, बिवेक यादब, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा र आकश चन्द रहेका छन् । 

नेपालले आयरल्यान्डको ‘ए’ टोलीसँग घरेलु मैदानमा आठवटा खेल खेल्ने कार्यक्रम छ । बाँकी ६ खेलका लागि पनि क्यानले नेपाल ‘ए’ टोलीको घोषणा गरिसकेको छ । क्यानले आयरल्यान्ड ‘ए’ विरुद्ध एकदिवसीय र टी–२० शृंखला खेल्न छुट्टाछुट्टै नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो । 

टी–२० शृंखलाका लागि विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । उक्त टोलीमा लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रासिद खान, सागर ढकाल, बिपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी र विकाश अग्री रहेका छन् ।

यसैगरी एकदिवसीय शृंखलाका लागि घोषित नेपाल ‘ए’ टोलीमा विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, साहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री र मौसम ढकाल रहेका छन् । 

नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका लागि यो शृंखला खेल्न लागेको हो । टी–२० विश्वकपका लागि हालसम्म राष्ट्रिय टोलीको घोषणा गरिएको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप