आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले पहिले बलिङ गर्ने
काठमाडौँ । आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० क्रिकेटमा सोमबार नेपालले पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ ले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो । खेल नेपाली समय अनुसार, दिउँसो १ः०० बजे सुरु हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ विरुद्धको अघिल्लो दुई टी–२० खेलका लागि यसअघि नै रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको छ । यो टोलीले आयरल्यान्डविरुद्धको सुरुआती दुई खेल खेल्नेछ । त्यसपछि यही राष्ट्रिय टोलीले भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक मैत्रीपूणर् शृंखला पनि खेल्नेछ ।
घोषित टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, बिवेक यादब, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा र आकश चन्द रहेका छन् ।
नेपालले आयरल्यान्डको ‘ए’ टोलीसँग घरेलु मैदानमा आठवटा खेल खेल्ने कार्यक्रम छ । बाँकी ६ खेलका लागि पनि क्यानले नेपाल ‘ए’ टोलीको घोषणा गरिसकेको छ । क्यानले आयरल्यान्ड ‘ए’ विरुद्ध एकदिवसीय र टी–२० शृंखला खेल्न छुट्टाछुट्टै नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो ।
टी–२० शृंखलाका लागि विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । उक्त टोलीमा लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रासिद खान, सागर ढकाल, बिपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी र विकाश अग्री रहेका छन् ।
यसैगरी एकदिवसीय शृंखलाका लागि घोषित नेपाल ‘ए’ टोलीमा विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, साहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री र मौसम ढकाल रहेका छन् ।
नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका लागि यो शृंखला खेल्न लागेको हो । टी–२० विश्वकपका लागि हालसम्म राष्ट्रिय टोलीको घोषणा गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण