फ्रान्सका ह्यूगो र क्यानडाकी कोरिनले जिते एन्डुरो रत्नाङ्गेको उपाधि
सोमबार, १२ चैत २०८०, १२ : ५४
काठमाडौँ । फ्रान्सका ह्यूगो पिजन र क्यानडाकी कोरिन प्रिवोटले रत्नाङ्गे इन्डुरोको दोस्रो सिजनको उपाधि हात पारेका छन् । सोलुखुम्बुको फाप्लुमा भएको दोस्रो सिजनको माउन्टेन बाइक प्रतियोगितामा पुरुषतर्फ ह्यूगो पहिलो भएका हुन् ।
साविक विजेता नेपालका राजेश मगर भने दोस्रो भए । फ्रान्सका रेमी एब्सलान तेस्रो बने । महिलातर्फको स्पर्धामा क्यानडाकी कोरिन पहिलो भइन् । नेपालकी उषा खनाल दोस्रो र लक्ष्मी मगरले तेस्रो स्थान हासिल गरे ।
विश्वको सर्वोच्च शिखर सगरमाथालाई पृष्ठभुमीमा राखेर एन्डुरो रत्नाङ्गेको दोस्रो सिजन फाप्लुमा सम्पन्न भएको छ । प्रतियोगितामा विश्वस्तरका बाइक राइडरसहित ४९ साहसीक खेलाडीले सहभागीता जनाएका थिए ।
एन्डुरो रत्नाङ्गेलाई सबैभन्दा उच्च पर्वतमा हुने खेल स्पर्धाको रुपमा विकास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण