मन्त्रिपरिषद् पुनर्गठन
दीपक कार्कीले लिए वन तथा वातावरण राज्यमन्त्रीको शपथ
सोमबार, १२ चैत २०८०, १५ : ४४
काठमाडौँ । दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार कार्कीले राज्यमन्त्रीको शपथ ग्रहण गरेका हुन् ।
उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यमन्त्रीको शपथ ग्रहण गराएका हुन् । यसअघि कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए । उनलाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राज्यमन्त्रीमा नियुक्त गरिएको हो । उनी जसपाबाट राज्यमन्त्री बनेका हुन् भने वन मन्त्रालयमा सोही पार्टीबाट नवलकिशोर साह सुडी मन्त्री रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण