टी–२० क्रिकेट
नेपाललाई जितको नजिक पुर्याएर आउट भए सन्दीप जोरा
सोमबार, १२ चैत २०८०, १५ : ५३
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय २२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो चौथो विकेट गुमाएको छ ।
नेपालले चौथो विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको हो । उनी टोलीका लागि उत्कृष्ट पाली खेल्दै पेभेलियन फर्किए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले ३६ रन बनाए ।
उनले ३५ बलको सामना गरी दुई छक्का र तीन चौका पनि हिर्काए । उनलाई आयरल्यान्डका बलर मायसले डोहेनीद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपाल जितको नजिक पुगेको छ । १३.१ ओभरमा उनी आउट हुँदा नेपालले ९१ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026