सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
टी–२० क्रिकेट

नेपाललाई जितको नजिक पुर्‍याएर आउट भए सन्दीप जोरा

सोमबार, १२ चैत २०८०, १५ : ५३
सोमबार, १२ चैत २०८०

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय २२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । 

नेपालले चौथो विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको हो । उनी टोलीका लागि उत्कृष्ट पाली खेल्दै पेभेलियन फर्किए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले ३६ रन बनाए । 

उनले ३५ बलको सामना गरी दुई छक्का र तीन चौका पनि हिर्काए । उनलाई आयरल्यान्डका बलर मायसले डोहेनीद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपाल जितको नजिक पुगेको छ । १३.१ ओभरमा उनी आउट हुँदा नेपालले ९१ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप