शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आठ अन्तर्राष्ट्रिय कलाकारको ‘अनिच्च’ कला प्रदर्शनी

सोमबार, १२ चैत २०८०, १६ : २४
सोमबार, १२ चैत २०८०

काठमाडौँ । बौद्धस्थित लिच्छवी हाउसमा ‘अनिच्च’ कला प्रदर्शनी सुरु भएको हो । आइतबारदेखि सुरु भएको प्रदर्शनी १७ गतेसम्म चल्नेछ । विश्व परिवर्तनशील छ ।

आज भएको वस्तु भोलि नहुन सक्छ । ब्रम्हाण्डको यो नियमलाई बुझाउने एउटा शब्द बौद्ध दर्शनमा छ– अनिच्च । यो शब्दको अर्थ हुन्छ– अस्थायी जीवनको हिस्सा । यही थिममा विश्वमा ८ चर्चित कलाकारले तयार पारेको विभिन्न चित्रहरु प्रदर्शनीमा राखिएका छन् ।

kala (1)

क्यानडेली कलाकार एमिली एभरी योशिको क्रोद्वारा क्युरेट गरिएको प्रदर्शनीमा फोटोग्राफी, चित्रकला, भिडियो र अन्तक्रियात्मक सत्र समेत रहेको छ । कला प्रदर्शनीको शुभारम्भ विश्व चर्चित फिल्म निर्देशक, लेखक तथा बौद्ध गुरुङ खिन्से नोर्बुले गरेका थिए ।

‘प्रियजनको मृत्यु, ऋतुहरुमा परिवर्तन, छिन छिनमै बदलिइरहने आफ्नै मनस्थिति, विश्वव्यापी जलवायु परिवर्तन आदि अनित्यका बलिया बिम्ब हुन्’, क्युरेटर क्रोले भनिन्, ‘मलाई आशा छ यो प्रदर्शनीले विविध कलाको सम्मिश्रणमार्फत जीवन र जगतको जटिलतालाई सरल बुझाउनेछ ।’

kala (2)

लिच्छवि हाउसकी कार्यक्रम प्रमुख टारीरत्न प्रधानले प्रदर्शनीमा राखिएको कलाकृतिले जीवन सँधै कसरी परिवर्तन भैरहेको हुन्छ भनेर बुझाउने बताइन् । उनले भनिन्, ‘सबै कलाकारको अनुपम कलाशैली देखाउन पाउँदा आफूहरु उत्साहित रहेको छु ।’

प्रदर्शनीमा फ्रान्सका चर्वेई साई, बेलायतका लुसिन्डा कामेन, पूर्वबाट ड्यालाइस्ट र भ्रमादेव पुष्पा, भुटानका कर्मा वाङ्चुक, भारतकी गौरी गिल र नेपालकी महिमा सिंहले कला प्रस्तुति दिइरहेका छन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप