भय र त्रासमा नपर्न सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असल नियतले काम गर्दा भय र त्रासमा नपर्न सचिवहरूलाई निर्देशन दिएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको नियमित बैठकमा सबै मन्त्रालयहरूका सचिवलाई निर्देशन दिँदै प्रचण्डले कानुन र राष्ट्रको हित विपरीत कुनै पनि काम नगर्न निर्देशन दिएका हुन् ।
उनले सुशासन नै सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै त्यसमा अडिग भएर काम गर्न सचिवहरूलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशन उदृत गर्दै बैठकमा सहभागी एक सचिवले भने ‘ म पनि कानुन विपरीतको कुनै काम गर्दिनँ । तपाईंहरू पनि नगर्नुस्, असल नियतले काम गर्दा भय र त्रासमा नपर्नुहोला ।’
प्रधानमन्त्री प्रचण्डले असल नियतले काम गर्दा निर्दोष मानिसलाई कहीँ कतै समस्या भएमा त्यसको जिम्मेवारी आफैँले लिने बचनबद्धता व्यक्त गरेका थिए । उनले नयाँ समीकरणको सरकारले थप नयाँ सोच, उद्देश्य, ऊर्जा , कार्यसूची र कार्य योजनाका साथ आएको बताएका थिए । उनले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवाप्रवाह गर्न जोड दिएका थिए । प्रधानमन्त्री प्रचण्डले सरकारी सेवा लिन नागरिकले भोगेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको मस्यौदा तयार, आजै सार्वजनिक गर्ने तयारी
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न, फाइल र कागजात झिकाएर छानबिन गर्न सांसदहरूको माग
-
लयमा फर्किँदै घरजग्गा कारोबार : राजस्व र कारोबार रकम बढ्यो, काठमाडौँमा सबैभन्दा धेरै वृद्धि
-
'विश्वकपले कार्बन उत्सर्जनको जिम्मेवारी बहन गर्नैपर्छ'
-
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको बिदाइ
-
निजी र सार्वजनिक जीवन छुट्ट्याउन नसक्दा भ्रष्टाचार र कुशासन सुरु हुन्छ : खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण