मान्छेको पेटबाट डाक्टरहरूले निकाले जिउँदो इल
हानोई । भियतनामका डाक्टरहरूले एक जना पुरुषको पेटबाट ३० सेमी लामो जिउँदो इल निकालेका छन् । मार्च २० मा भियतनामको क्वाङ निन्ह प्रान्तको हाई हा जिल्ला अस्पतालमा ३४ वर्षीय एक युवक भर्ना भएका थिए । उनको पेट कयौँ ठाउँमा बाउँडिएको थियो । बिरामीलाई अति नै पीडा भइरहेको थियो, अस्पतालका कर्मचारीहरूले उनीसँग सोधपुछ गर्नै सकिरहेका थिएनन् ।
त्यसैले सिधै पेटको एक्सरे र अल्ट्रासाउन्ड गरियो । यस क्रममा पेटभित्र बाहिरी तत्त्व देखियो । आन्द्रा पनि ठाउँ ठाउँमा प्वाल परेको थियो । बिरामीलाई यति धेरै पीडा भइरहेको थियो कि डाक्टरहरूसामु त्यो वस्तुलाई निकाल्न शल्यक्रिया गर्नु बाहेकको विकल्प थिएन । पेट चिरेपछि डाक्टरहरू चकित परे । बिरामीको अन्द्रामा ३० सेमी लामो जीवित इल थियो ।
शल्यक्रिया सफल भयो । बिरामीको अवस्था स्थिर बन्यो । शल्यक्रियापछि उनको पेटमा हलुका असजिलो भयो । अहिलेसम्म पनि उनी अस्पतालमै निगरानीमा छन् । इल पेटमा कसरी पुग्यो बिरामीलाई अत्तोपत्तो थिए । तर उक्त जीव मलद्वारबाट छिरेर पेटमा पुगेको हुन सक्ने डाक्टरहरूको अनुमान छ । ती व्यक्तिको शरीरमा इल जीवितै कसरी रह्यो भन्ने कुराले डाक्टरहरू चकित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण