शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मान्छेको पेटबाट डाक्टरहरूले निकाले जिउँदो इल

सोमबार, १२ चैत २०८०, १७ : ४७
सोमबार, १२ चैत २०८०

हानोई । भियतनामका डाक्टरहरूले एक जना पुरुषको पेटबाट ३० सेमी लामो जिउँदो इल निकालेका छन् । मार्च २० मा भियतनामको क्वाङ निन्ह प्रान्तको हाई हा जिल्ला अस्पतालमा ३४ वर्षीय एक युवक भर्ना भएका थिए । उनको पेट कयौँ ठाउँमा बाउँडिएको थियो । बिरामीलाई अति नै पीडा भइरहेको थियो, अस्पतालका कर्मचारीहरूले उनीसँग सोधपुछ गर्नै सकिरहेका थिएनन् ।

त्यसैले सिधै पेटको एक्सरे र अल्ट्रासाउन्ड गरियो । यस क्रममा पेटभित्र बाहिरी तत्त्व देखियो । आन्द्रा पनि ठाउँ ठाउँमा प्वाल परेको थियो । बिरामीलाई यति धेरै पीडा भइरहेको थियो कि डाक्टरहरूसामु त्यो वस्तुलाई निकाल्न शल्यक्रिया गर्नु बाहेकको विकल्प थिएन । पेट चिरेपछि डाक्टरहरू चकित परे । बिरामीको अन्द्रामा ३० सेमी लामो जीवित इल थियो ।

शल्यक्रिया सफल भयो । बिरामीको अवस्था स्थिर बन्यो । शल्यक्रियापछि उनको पेटमा हलुका असजिलो भयो । अहिलेसम्म पनि उनी अस्पतालमै निगरानीमा छन् । इल पेटमा कसरी  पुग्यो बिरामीलाई अत्तोपत्तो थिए । तर उक्त जीव मलद्वारबाट छिरेर पेटमा पुगेको हुन सक्ने डाक्टरहरूको अनुमान छ । ती व्यक्तिको शरीरमा इल जीवितै कसरी रह्यो भन्ने कुराले डाक्टरहरू चकित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप