चितवनमा एक लाख ९३ हजार बालबालिकाले लगाए दादुरा–रुवेला खोप
चितवन । जिल्लाका एक लाख ९३ हजार तीन सय ७४ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिल्लामा दिएको लक्ष्यभन्दा ३३ हजार बढी बालबालिकाले खोप लगाएका हुन् ।
जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी इन्द्रमणि भण्डारीका अनुसार केन्द्रले जिल्लामा रहेका १ लाख ६० हजार ४९४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य दिइएको थियो । उनका अनुसार केन्द्रको लक्ष्यभन्दा २० दशमलव ५ प्रतिशत बढी बालबालिकाले खोप लगाएका हुन । गत फागुन १३ गतेदेखि चैत ७ गतेसम्म सञ्चालित खोप अभियानका क्रममा जिल्लाका सात पालिकामा नौ महिना देखि १५ वर्षसम्मका बालबालिकाहरूलाई खोप लगाइएको थियो ।
उनका अनुसार छ सय ४६ खोप केन्द्रबाट उनीहरूलाई खोप दिइएको हो । अभियानकै क्रममा नियमित खोप छुटेका २ सय हाराहारी बालबालिकालाई छुट खोप दिइएको छ । अभियानमा एक हजार छ सय स्वास्थ्यकर्मी र दुई हजार दुई सय स्वयंसेवक परिचालन गरिएको थियो । अभियानलाई दुई चरणमा विभाजन गरेर सञ्चालन गरिएको थियो । जिल्लामा विसं २०७९ मङ्सिर ३ गतेदेखि २०८० पुस १५ गतेसम्म ५२ जनामा दादुरा रुवेला रोगको सङ्क्रमण देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण