सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा एक लाख ९३ हजार बालबालिकाले लगाए दादुरा–रुवेला खोप

सोमबार, १२ चैत २०८०, १८ : ५६
सोमबार, १२ चैत २०८०

चितवन । जिल्लाका एक लाख ९३ हजार तीन सय ७४ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिल्लामा दिएको लक्ष्यभन्दा ३३ हजार बढी बालबालिकाले खोप लगाएका हुन् । 

जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी इन्द्रमणि भण्डारीका अनुसार केन्द्रले जिल्लामा रहेका १ लाख ६० हजार ४९४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य दिइएको थियो । उनका अनुसार केन्द्रको लक्ष्यभन्दा २० दशमलव ५ प्रतिशत बढी बालबालिकाले खोप लगाएका हुन । गत फागुन १३ गतेदेखि चैत ७ गतेसम्म सञ्चालित खोप अभियानका क्रममा जिल्लाका सात पालिकामा नौ महिना देखि १५ वर्षसम्मका बालबालिकाहरूलाई खोप लगाइएको थियो ।  

उनका अनुसार छ सय ४६ खोप केन्द्रबाट उनीहरूलाई खोप दिइएको हो । अभियानकै क्रममा नियमित खोप छुटेका २ सय हाराहारी बालबालिकालाई छुट खोप दिइएको छ । अभियानमा एक हजार छ सय स्वास्थ्यकर्मी र दुई हजार दुई सय स्वयंसेवक परिचालन गरिएको थियो ।  अभियानलाई दुई चरणमा विभाजन गरेर सञ्चालन गरिएको थियो । जिल्लामा विसं २०७९ मङ्सिर ३ गतेदेखि २०८० पुस १५ गतेसम्म ५२ जनामा दादुरा रुवेला रोगको सङ्क्रमण देखिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप