विश्वकपका लागि सन्न्यास फिर्ता लिए आमिरले
इस्लामवाद । पाकिस्तानका फास्ट बलर मोहम्मद आमिरले पाकिस्तान क्रिकेट बोर्डसँगको वार्तापछि आईसीसी टी–२० विश्वकपका लागि फेरि मैदानमा फर्कने तयारी गरेका छन् । आमिरले सन् २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्न्यास लिएका थिए ।
३१ वर्षीय फास्ट बलर हालै पाकिस्तान सुपर लिगमा क्वेटा ग्लाडिएटर्सबाट खेलेका थिए । उनले ९ खेलमा ८.४१ को इकोनोमी रेटमा १० विकेट लिए ।
आमिरले सामाजिक सञ्जालमा पोस्ट लेख्दै टी–२० विश्वकप खेल्ने इच्छा व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘म अझै पनि पाकिस्तानका लागि खेल्ने सपना देख्छु। जीवनले हामीलाई यस्तो मोडमा ल्याउँछ जहाँ हामीले हाम्रा निर्णयहरूमा पुनर्विचार गर्नुपर्छ।’
‘म र पीसीबीबिच केही सकारात्मक कुराकानी भएको छ, जहाँ उहाँहरूले सम्मानजनक रूपमा मलाई महसुस गराउनुभयो कि म आवश्यक छु र म पाकिस्तानका लागि खेल्न सक्छु,’ उनले भने, ‘मेरो परिवार र शुभचिन्तकहरूसँग कुरा गरेपछि, म भन्न चाहन्छु - म टी-२० विश्वकप खेल्न उत्सुक छु। म विश्वकपका लागि उपलब्ध छु। म यो मेरो देशको लागि गर्न चाहन्छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताहरू कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
-
प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिको बोको बनाउनु हुँदैन: सचेतक मेचे
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण