पार्टीमा पटके निर्णय गर्ने प्रवृत्ति बढ्यो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कतिपय प्रदेश र जिल्ला कमिटीहरु पार्टी केन्द्रले तर्जुमा गरेको ११ बुँदे कार्य योजनाअनुसार काम नगरेको बताएका छन् । उनले कार्य योजना नबनाई पटके निर्णय गरेर काम गर्ने गरेको पाइएको भन्दै यसले कमिटीहरू निष्क्रिय हुँदै जाने खतरा रहेको बताए ।
मंगलबार एमाले बागमती प्रदेशको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले केन्द्रको कार्य योजनाको जगमा प्रदेशको कार्य योजना, प्रदेशको कार्य योजनाअनुसार जिल्ला र जिल्ला र प्रदेशको कार्य योजनाअनुसार पालिकाहरूको कार्य योजना बन्नुपर्नेमा त्यस्तो नभएको बताएका हुन् ।
‘सबै तहका कमिटीहरू त्यही वार्षिक कार्य योजनाको दिशाअन्तर्गत परिचालित हुनपर्दछ भन्ने निर्देशन गर्यौँ’, महासचिव पोखरेलले भने, ‘तर अस्ति केन्द्रीय कमिटीको बैठकमा समीक्षा हुँदा प्रदेशले अधिवेशनको तयारी गर्ने भन्ने नाममा कार्य योजना नै बनाएन । कतिपय प्रदेशले कार्य विभाजन पनि गरेनन् ।’
उनले कार्य योजना पनि नबनाउने र कार्यविभाननज पनि नगर्दा पार्टी कमिटी निष्क्रिय बनेको बताए । त्यस्तै उनले जिल्ला कमिटीले पनि समय हुँदाहुँदै अधिकांश जिल्लाले पदाधिकारी बैठक बसेर पटके निर्णय गरेको पाइएको बताए ।
‘पार्टीले बनाएका योजनाअनुसार हाम्रा कमिटीहरू योजनाअनुसार परिचालित नभएको देखियो । यो बागमतीको हकमा देखिनुहुँदैन’, महासचिव पोखरेलको निर्देशन छ । उनले अधिवेशनका बेला कमिटीमा बस्नेहरूको घुइँचो लाग्ने गरे पनि काम गर्ने र नगर्ने मान्छे छान्न सक्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण