लगातार चार दिन घटेको नेप्से १० अंकले बढ्यो, २ अर्ब ३५ करोडको कारोबार
काठमाडौँ । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १०.१४ अंकको बढेको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा ०.४९ प्रतिशतले बढेर बन्द भएको हो ।
यससँगै, आज नेप्से परिसूचक २०४१ अंकमा पुगेको छ । यसक्रममा आज १६८ कम्पनीको मूल्य बढेको छ भने ६८ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, १० कम्पनीको मूल्य स्थिर छ । परिसूचक बढेको दिन धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.३५ प्रतिशतले घटेको छ ।
यसबाहेक, दोल्ती पावर कम्पनीको सेयर मूल्य १० प्रतिशत, सर्वोत्तम सिमेन्टको ९.९९ प्रतिशत र विन नेपाल लघुवित्तको मूल्य ९.४३ प्रतिशतले बढेको छ । आज शिवम् सिमेन्टको कारोबार सबैभन्दा धेरै भएको छ । यो कम्पनीको ९ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्से परिसूचक बढेपनि तीन समूहको सूचक भने घटेको छ । वित्त समूह, जीवन बीमा र व्यापार समूहमा गिरावट आएको छ । यसबाहेकका सबैजसो समूहमा सुधार आएको छ । सबैभन्दा धेरै उत्पादनमूलक समूहको १४५ अंक, जलविद्युत समूहको ३९ अंक र होटल तथा पर्यटन समूहको सूचक २४ अंकले बढेको छ ।
आज चार दिनपछि पहिलोपटक परिसूचक बढेको हो । गत साताको मंगलबार ६ अंकले घटेको थियो । बुधबार ३.३४ अंक र बिहीबार १५ अंकले परिसूचक घटेको थियो । यस्तै, यो साताको सोमबार समेत नेप्से परिसूचकमा १७ अंकको गिरावट आएको थियो ।
आज समेत सुरुवातमा परिसूचक बढेपनि साढे ११ बजेदेखि घट्न सुरु गरेको थियो । १२ बजेसम्मको अवधिमा परिसूचक २०३२ अंकमा आइसकेको थियो । फेरि बढ्न थालेर परिसूचक २०४८ अंकसम्म पुगेर पुनः फर्किँदै २०४१ अंकमा आएर रोकिएको हो । यसक्रममा आज २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण