आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच सहसचिवको सरुवा

मङ्गलबार, १३ चैत २०८०, १६ : १२
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । सरकारले पाँच जना सहसचिवको सरुवा गरेको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक भूपाल बरालसहित विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । 

दुई महिना अघि मात्रै आन्तरिक राजश्व विभागमा सरुवा गरिएका बराललाई वन तथा वातावरण मन्त्रालयमा पठाइएको छ । तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख बराललाई विभागमा पठाएका थिए ।

अर्थ मन्त्रालयका अर्जुन प्रसाद भट्टराईलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल पर्यटन तथा होटेल व्यवसाय प्रतिष्ठानका सहसचिव ढुण्डी प्रसाद निरौला, वन तथा वातावरण मन्त्रालयका शिव लाल तिवारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नारायण प्रसाद सापकोटाको अर्थ मन्त्रालयमा सरुवा भएको छ । अर्थमा सरुवा भएका सहसचिवहरुको जिम्मेवारी भने तोकिएको छैन । सामान्यमा पुगेका भट्टराईले अतिरिक्तमा हाजिर गरेका छन् । 

कसको कहाँ

भूपाल बराल– वन तथा वातावरण मन्त्रालय

अर्जुन प्रसाद भट्टराई – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

ढुण्डीराज निरौला – अर्थ मन्त्रालय

शिवलाल तिवारी – अर्थ मन्त्रालय

नारायण सापकोटा – अर्थ मन्त्रालय

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप