पाँच सहसचिवको सरुवा
काठमाडौँ । सरकारले पाँच जना सहसचिवको सरुवा गरेको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक भूपाल बरालसहित विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।
दुई महिना अघि मात्रै आन्तरिक राजश्व विभागमा सरुवा गरिएका बराललाई वन तथा वातावरण मन्त्रालयमा पठाइएको छ । तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख बराललाई विभागमा पठाएका थिए ।
अर्थ मन्त्रालयका अर्जुन प्रसाद भट्टराईलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल पर्यटन तथा होटेल व्यवसाय प्रतिष्ठानका सहसचिव ढुण्डी प्रसाद निरौला, वन तथा वातावरण मन्त्रालयका शिव लाल तिवारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नारायण प्रसाद सापकोटाको अर्थ मन्त्रालयमा सरुवा भएको छ । अर्थमा सरुवा भएका सहसचिवहरुको जिम्मेवारी भने तोकिएको छैन । सामान्यमा पुगेका भट्टराईले अतिरिक्तमा हाजिर गरेका छन् ।
कसको कहाँ
भूपाल बराल– वन तथा वातावरण मन्त्रालय
अर्जुन प्रसाद भट्टराई – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
ढुण्डीराज निरौला – अर्थ मन्त्रालय
शिवलाल तिवारी – अर्थ मन्त्रालय
नारायण सापकोटा – अर्थ मन्त्रालय
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागी पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण