टी-२० क्रिकेट
कुशल मल्लले लिए आयरल्यान्ड ‘ए’ को पाँचौँ र छैटौँ विकेट
मङ्गलबार, १३ चैत २०८०, १६ : १५

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी-२० क्रिकेटमा नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले लगातार आफ्नो पाँचौँ र छैटौँ विकेट गुमाएको छ ।
आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट कुशल मल्लले लिएका हुन् । उनले आयरल्यान्डका चौथो नम्बरका ब्याट्सम्यान मोर्गन टपिङलाई २१ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए । १५.१ ओभरमा मोर्गन आउट हुँदा आयरल्यान्डले एक सय आठ रन बनाएको थियो । कुशल मल्लले लिएको यो दोस्रो विकेट थियो ।
आयरल्यान्ड ‘ए’ को छैटौँ विकेट पनि कुशल मल्लले नै लिएका थिए । आयरल्यान्डका गाभिन होएलाई एक रनको व्यक्तिगत स्कोरमा कुशल मल्लले आफ्नो बलिङमा आफैले क्याच लिएर पेभेलियन फर्काएका थिए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव
-
रहेनन् कलाकार घनश्याम गौतम
-
बुटवल–गोरुसिङ्गे सडक विस्तार : शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति
-
वीरगञ्ज नाकाबाट पाँच खर्ब छ अर्बको आयात, ७९ अर्ब निर्यात
-
अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट गाउँपालिका
-
धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट