शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढी उपमहानगरपालिकाका मेयरकी छोरी भारतबाट सम्पर्कविहीन

मङ्गलबार, १३ चैत २०८०, १६ : २७
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कविहीन भएकी छन् ।

 आफ्नी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएकी नगर प्रमुख हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् ।

 ओशो साधन आरती केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको र सोमबारदेखि बेपत्ता भएको हमालको भनाइ छ । छोरी बेपत्ता भएको बारे उनको साथबाट खबर आएको भन्दै नगर प्रमुख हमालले भनेका छन्, ‘गोवा बस्नु हुने शुभचिन्तक, दाजुभाई र दिदिबहिनीहरुले खोजी कार्यमा सहयोग गरिदिनु हुन विनम्र अपिल गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप