पाकिस्तानको खैबर पख्तुनख्वामा आत्मघाती हमला, ५ चिनियाँ नागरिकसहित ६ जनाको मृत्यु
इस्लामावाद । पाकिस्तानमा ठुलो आत्मघाती हमला भएको छ । खैबर पख्तुनख्वाको गाला जिल्लाको बेशाम सहरमा चिनियाँहरू सवार बसमा आत्मघाती हमला भएको बताइएको छ ।
यस घटनामा पाँच चिनियाँ नागरिकसहित ६ जनाको मृत्यु भएको छ । त्यहाँका डीआईजी मलाकन्दका अनुसार आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको एउटा चिनियाँ बसलाई ठक्कर दिएका थिए ।
आत्मघाती हमलाकारीले विस्फोटक पदार्थले भरिएको गाडीले चिनियाँ इन्जिनियरहरूको सवार बसलाइ ठक्कर दिएको क्षेत्रीय प्रहरी प्रमुख मोहम्मद अली गंडापुरले भनेको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ । मृतक सबै चिनियाँहरू इन्जिनियर भएको बताइएको छ । यिनीहरू इस्लामाबादबाट खैबर पख्तुनख्वा प्रान्तको दासु जाँदै थिए । दासुमा उनीहरूको क्याम्प छ । त्यहाँ बाँध बनाउने काम भइरहेको छ ।
‘आक्रमणमा पाँच चिनियाँ नागरिक र उनीहरूका पाकिस्तानी चालकको मृत्यु भएको छ,’ गण्डापुरले भनेका छन् । दासु पाकिस्तानको मुख्य बाँध स्थल हो । यस क्षेत्रमा यसअघि पनि आक्रमण भइसकेको छ । सन् २०२१ मा बस लाई लक्षित गरेर गरिएको विस्फोटमा नौ चिनियाँ नागरिकसहित १३ जनाको मृत्यु भएको थियो । खैबर पख्तुनख्वा प्रहरीले घटनास्थलमा पुगेर राहत कार्य सुरु गरेको छ । गण्डापुरका अनुसार बसमा सवार अन्य यात्रु सकुशल रहेका छन् ।
यो आक्रमण पाकिस्तानी नौसेनाको हवाई शिबिरमा आतंकवादी आक्रमण भएको केही घण्टा पछि भएको छ । उक्त हमलामा कम्तीमा एक अर्धसैनिक सिपाहीको मृत्यु भएको थियो । पाकिस्तानको सुरक्षा बलहरूले जवाफी कारबाही गरेर सबै पाँच आक्रमणकारीहरूलाई मारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण