शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई पेमार्फत रेमिट्यान्स प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस

मङ्गलबार, १३ चैत २०८०, २० : १७
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले मनिग्रामार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन १० गतेबाट सुरु भएको सो अफर दुई महिनासम्म रहने छ । 

यस अफरअन्तर्गत विदेशमा रहेका सेवाग्राहीले  मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँचसय रुपैयाँ बोनससम्म पाउन सक्नेछन्  ।  

मनिग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत  पठाइएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस  प्राप्त गर्न सकिने छ । आइएमई पेमार्फत संसारको कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप