नेपाल र कोरियाबिच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि समझदारी
काठमाडौँ । फोनपे र जीएलएन इन्टरनेसनल कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनी मिलेर नेपाल र कोरियाबिचको क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्ने सम्बन्धमा एमओयूमा हस्ताक्षर भएको छ । दुई कम्पनीले नेपाल र कोरियाबिच क्रस-बोर्डर क्यूआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक, प्राविधिक र व्यावसायिक सम्भाव्यतामा काम गर्ने भएका हुन् ।
फोनपे र जीएलएनको यो सहकार्यबाट कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्यूआर भुक्तानी गर्न सक्ने छन् । कोरियाबाट नेपाल आउने जीएलएन प्रयोगकर्ताहरूले Hana 1Q, KB Wallet, iMbank, Toss, Hana Money र जीएलएन App जस्ता बैंकिङ एप्स मार्फत फोनपेको तेह्र लाख स्टोरहरूमा क्यूआर भुक्तानी सेवाहरू प्रयोग गर्न सक्छन् ।
फोनपेका सीईओ दिवस कुमारले भने, ‘हामी जीएलएनसँग सहकार्य गरेर हाम्रो सेवालाई कोरियाली पर्यटकहरूमा विस्तार गर्न उत्साहित छौँ र हालको समयमा हाम्रो अन्तर्राष्ट्रिय विस्तार अभियानमा एक नयाँ सदस्य थप्न सफल भएका छौँ । यस सहकार्यले नयाँ अवसरहरू खोल्न प्राविधिक सहयोग गर्नेछ, वित्तीय समावेशिता बढाउन तथा नेपाललाई एक सफल डिजिटल अर्थतन्त्र सिर्जना गर्नमा सहयोग पुर्याउनेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
-
वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण