पुल दुर्घटनाको उद्धार कार्य रोकियो : बेपत्ता छ जना कामदारको मृत्यु भएको अनुमान
बाल्टिमोर । अमेरिकी राज्य मेरिल्याण्डको बाल्टिमोर सहरमा जहाज ठोक्किएपछि भएको पुल दुर्घटनाको उद्धार कार्य अहिले रोकिएको छ । अमेरिकी कोस्ट गार्ड अधिकारीहरूले बेपत्ता छ जना कामदारको मृत्यु भएको अनुमान गरेका छन्।
दुर्घटना हुँदा सबैजना पुलको खाल्डो भर्ने काममा व्यस्त रहेको र जहाज पुलमा ठोक्किएपछि पानीमा खसेका थिए । उनीहरु सबै बेपत्ता छन् र अवस्था हेर्दा उनीहरु जिवितै नहुने अनुमान गरिएको छ ।
अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले समय बित्दै जाँदा उद्धार कार्य झनै कठिन हुँदै गएको बताएका छन्। पानीको तापक्रम र तैरिरहेको भग्नावशेषका कारण उद्धार प्रक्रिया निकै चुनौतीपूर्ण भएको एक अधिकारीले बताए ।
सिंगापुरको एउटा जहाज ‘फ्रान्सिस स्कट की ब्रिज’सँग ठोक्किएको थियो । स्थानीय समय अनुसार मंगलबार बिहान १ः३० बजे भएको घटनामा पुलको ठुलो भाग भत्किएको हो । दुर्घटनामा संलग्न ‘डाली’ नामक जहाज सञ्चालन गर्ने कम्पनी सिनर्जी मरिन ग्रुपले सो दुर्घटनामा जहाजका चालक दलका सबै सदस्य सकुशल रहेको जनाएको छ ।
घटनामा दुई जनाको उद्धार गरिएको छ, जसमध्ये एक अस्पतालमा भर्ना छन्। उनको अवस्था चिन्ताजनक रहेको छ । मेरिल्याण्डका गभर्नर वेस मूरका अनुसार जहाज पुलको नजिक आइपुग्दा एक चेतावनी जारी गरिएको थियो, जसले थप गाडीहरू पुलतर्फ जान रोकिएको थियो। यसबाट धेरैको ज्यान बचाउन सकिएको उनको भनाई छ ।
बाल्टिमोर पुललाई मानिसहरू 'की ब्रिज' भनेर चिन्छन्। यो सन् १९७७ मा सर्वसाधारणका लागि खुला गरिएको थियो। यो १९ औँ शताब्दीका अमेरिकी कवि फ्रान्सिस स्कट कीको नाममा राखिएको थियो। स्कटले अमेरिकी राष्ट्रिय गान ुस्टार स्प्याङ्गल्ड ब्यानरु लेखेका थिए।
यो पुल २६३२ मिटर लामो थियो जसले नदीको अर्को छेउलाई बाल्टिमोरको बन्दरगाहसँग जोडेको थियो। यस ठाउँमा यो नदी समुद्रसँग मिसिन्छ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण