बेलिङह्यामले जोगाए इंग्ल्याण्डलाई
बुधबार, १४ चैत २०८०, ०८ : १६
लण्डन । इन्जुरी समयमा गोल गर्दै जुड बेलिङह्यामले इंग्ल्याण्डलाई लगातार दोस्रो हारबाट जोगाएका छन् । रियल मड्रिडका मिडफिल्डरले ९५ औँ मिनेटमा गोल गरेपछि मंगलबार राति भएको मैत्रीपूर्ण खेलमा टोलीले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो ।
पछिल्लो खेलमा ब्राजिलसँग पराजित भएको इंग्ल्याण्ड खेलको ११ औँ मिनेटमा नै पछि परेको थियो । गोलकिपर जोर्डन पिकफोर्डको गल्तीमा योरी टेलेमान्सले बेल्जियमका लागि गोल गरे ।
१७ औँ मिनेटमा इभान टोनीले पेनाल्टीबाट बराबरी गोल फर्काए पनि ३६ औँ मिनेटमा इंग्ल्याण्डको अर्को गल्तीको फाइदा उठाउँदै टेलेमान्सले पुनः बेल्जियमलाई अग्रता दिलाएका थिए ।
पराजयतर्फ अघि बढिरहेको इंग्ल्याण्डका लागि इन्जुरी समयमा बेलिङह्यामले बराबरी गोल फर्काएका थिए । इंग्ल्याण्डका लागि उनको यो तेस्रो गोल थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण