आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बेलिङह्यामले जोगाए इंग्ल्याण्डलाई

बुधबार, १४ चैत २०८०, ०८ : १६
बुधबार, १४ चैत २०८०

लण्डन । इन्जुरी समयमा गोल गर्दै जुड बेलिङह्यामले इंग्ल्याण्डलाई लगातार दोस्रो हारबाट जोगाएका छन् । रियल मड्रिडका मिडफिल्डरले ९५ औँ मिनेटमा गोल गरेपछि मंगलबार राति भएको मैत्रीपूर्ण खेलमा टोलीले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो ।

पछिल्लो खेलमा ब्राजिलसँग पराजित भएको इंग्ल्याण्ड खेलको ११ औँ मिनेटमा नै पछि परेको थियो । गोलकिपर जोर्डन पिकफोर्डको गल्तीमा योरी टेलेमान्सले बेल्जियमका लागि गोल गरे ।

१७ औँ मिनेटमा इभान टोनीले पेनाल्टीबाट बराबरी गोल फर्काए पनि ३६ औँ मिनेटमा इंग्ल्याण्डको अर्को गल्तीको फाइदा उठाउँदै टेलेमान्सले पुनः बेल्जियमलाई अग्रता दिलाएका थिए । 

पराजयतर्फ अघि बढिरहेको इंग्ल्याण्डका लागि इन्जुरी समयमा बेलिङह्यामले बराबरी गोल फर्काएका थिए । इंग्ल्याण्डका लागि उनको यो तेस्रो गोल थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप