वीवाईडीले पार गर्यो ७० लाख विद्युतीय सवारी उत्पादनको ‘माइलस्टोन’
एजेन्सी । चीनको विद्युतीय सवारी निर्माता वीवाईडीले ७० लाख वटा विद्युतीय सवारी उत्पादन गरेको छ । चिनियाँ विद्युतीय सवारी र ब्याट्री निर्माता वीवाईडीले ७० लाख वटा विद्युतीय सवारी उत्पादन गरेको हो ।
कम्पनीका अनुसार विश्वमा ७० लाख वटा विद्युतीय सवारी उत्पादन गर्ने वीवाईडी पहिलो हो । कम्पनीले ‘डेञ्जा एन ७’ नामक ७ मिलियन औँ विद्युतीय सवारी उत्पादन गर्दै जीनान फ्याक्ट्रीबाट सार्वजनिक गरेको हो ।
वीवाईडी पहिलो पटक सन २०२१ को मे महिनामा १ मिलियन वटा विद्युतीय सवारी उत्पादन गर्ने कम्पनी बनेको थियो । यसपछि यसको १८ महिना भित्रमा कम्पनी ५ मिलियन विद्युतीय सवारी उत्पादन गर्ने पहिलो कम्पनी बनेको थियो ।
५ मिलियन विद्युतीय सवारी उत्पादन गर्ने कीर्तिमान कायम गरेको ९ महिनापछि नै ७ मिलियनको ‘माइलस्टोन’ पार गरेको कम्पनीले जनाएको छ । कम्पनीले सन् २०२३ मा नै विश्वव्यापीरुपमा ३ मिलियनभन्दा बढी विद्युतीय सवारीको बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण