आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

वीवाईडीले पार गर्‍यो ७० लाख विद्युतीय सवारी उत्पादनको ‘माइलस्टोन’

बुधबार, १४ चैत २०८०, ११ : ५६
बुधबार, १४ चैत २०८०

एजेन्सी । चीनको विद्युतीय सवारी निर्माता वीवाईडीले ७० लाख वटा विद्युतीय सवारी उत्पादन गरेको छ ।  चिनियाँ विद्युतीय सवारी र ब्याट्री निर्माता वीवाईडीले ७० लाख वटा विद्युतीय सवारी उत्पादन गरेको हो ।

कम्पनीका अनुसार विश्वमा ७० लाख वटा विद्युतीय सवारी उत्पादन गर्ने वीवाईडी पहिलो हो । कम्पनीले ‘डेञ्जा एन ७’ नामक ७ मिलियन औँ विद्युतीय सवारी उत्पादन गर्दै जीनान फ्याक्ट्रीबाट सार्वजनिक गरेको हो ।

वीवाईडी पहिलो पटक सन २०२१ को मे महिनामा १ मिलियन वटा विद्युतीय सवारी उत्पादन गर्ने कम्पनी बनेको थियो । यसपछि यसको १८ महिना भित्रमा कम्पनी ५ मिलियन विद्युतीय सवारी उत्पादन गर्ने पहिलो कम्पनी बनेको थियो ।

५ मिलियन विद्युतीय सवारी उत्पादन गर्ने कीर्तिमान कायम गरेको ९ महिनापछि नै ७ मिलियनको ‘माइलस्टोन’ पार गरेको कम्पनीले जनाएको छ । कम्पनीले सन् २०२३ मा नै विश्वव्यापीरुपमा ३ मिलियनभन्दा बढी विद्युतीय सवारीको बिक्री गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप