आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली छोड्न नहुने जनार्दनको अडान : प्रचण्डसामु राखे तीन आधार

बुधबार, १४ चैत २०८०, १३ : २४
बुधबार, १४ चैत २०८०

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले तीनवटा आधारमा कर्णाली प्रदेश माओवादीले छोड्न नमिल्ने बताएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कर्णाली नछाड्न ध्यानाकर्षण गराएको एक पदाधिकारीले रातोपाटीलाई बताए । 

तीन वटा आधारमा कर्णाली प्रदेश माओवादीले छाड्न नमिल्ने तर्क गर्दै छोडेमा समस्या आउने उनले भनाइ राखेको बुझिएको छ ।

‘कर्णाली प्रदेश नछाड्न जनार्दनजीले तीन आधार दिनुभयो । पहिलो माओवादीको जनाधार भएको, बढी सिट जितेको र अहिलेका मुख्यमन्त्रीलाई निरन्तरता दिने गरी अध्यक्षको ध्यानाकर्षण गराउनुभयो । यी आधारमा छोड्न मिल्दैन । नछोड्नुहोला भन्नुभयो । माओवादी बलियो भनेको कर्णाली प्रदेश हो । बढी प्रतिशत जितेको पनि हो । प्रदेशमा दोस्रो ठुलो पार्टी माओवादी छ । छोडेमा समस्या हुन्छ’, उनको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले बताए । 

जवाफमा अध्यक्ष प्रचण्डले प्रदेश भागबन्डामा गठबन्धन दलहरूबिच कुनै सहमति नभएको बताएका ती पदाधिकारीले बताए । नयाँ सत्ता समीकरण फेरिएसँगै कर्णाली एमालेलाई दिने चर्चा चलेपछि कर्णालीका नेताहरू वर्तमान सरकारलाई नै निरन्तरता दिन दबाब दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप