कर्णाली छोड्न नहुने जनार्दनको अडान : प्रचण्डसामु राखे तीन आधार
काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले तीनवटा आधारमा कर्णाली प्रदेश माओवादीले छोड्न नमिल्ने बताएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कर्णाली नछाड्न ध्यानाकर्षण गराएको एक पदाधिकारीले रातोपाटीलाई बताए ।
तीन वटा आधारमा कर्णाली प्रदेश माओवादीले छाड्न नमिल्ने तर्क गर्दै छोडेमा समस्या आउने उनले भनाइ राखेको बुझिएको छ ।
‘कर्णाली प्रदेश नछाड्न जनार्दनजीले तीन आधार दिनुभयो । पहिलो माओवादीको जनाधार भएको, बढी सिट जितेको र अहिलेका मुख्यमन्त्रीलाई निरन्तरता दिने गरी अध्यक्षको ध्यानाकर्षण गराउनुभयो । यी आधारमा छोड्न मिल्दैन । नछोड्नुहोला भन्नुभयो । माओवादी बलियो भनेको कर्णाली प्रदेश हो । बढी प्रतिशत जितेको पनि हो । प्रदेशमा दोस्रो ठुलो पार्टी माओवादी छ । छोडेमा समस्या हुन्छ’, उनको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले बताए ।
जवाफमा अध्यक्ष प्रचण्डले प्रदेश भागबन्डामा गठबन्धन दलहरूबिच कुनै सहमति नभएको बताएका ती पदाधिकारीले बताए । नयाँ सत्ता समीकरण फेरिएसँगै कर्णाली एमालेलाई दिने चर्चा चलेपछि कर्णालीका नेताहरू वर्तमान सरकारलाई नै निरन्तरता दिन दबाब दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण