‘पुजार सार्की’ जेठ ११ गते रिलिज हुने
काठमाडौँ । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ जेठको ११ गते रिलिज हुने भएको छ । फिल्म जेठ ११ गते रिलिजमा ल्याउने तयारीमा आफू रहेको निर्देशक रावतले बताए ।
फिल्म हाल पोस्ट प्रोडक्शनमा रहेको छ । फिल्मको केही दिनमा टिजर ल्याउने तयारी छ । जसमा रिलिज डेट ११ जेठ घोषणा हुनेछ ।
आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय फिल्ममा देख्न सकिन्छ ।
कास्कीको पोखरा नजिकै पर्ने कास्कीकोट गाउँ र आसपास छायाङ्कन गरिएको फिल्म विकास सुवेदीले लेखेका छन् । संगीतकार सुवास भुसालको निर्माण रहेको फिल्ममा भुसालकै सङ्गीत छ ।
राजेश श्रेष्ठले छायांकन गरेको फिल्म सुप्रिम पराजुलीले सम्पादन र हिमाल केसीको द्वन्द्व समेटिएको छ । किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।
यसअघि जेठ ११ फिल्म ‘दान्भी’ले रिलिज मिति तोकेको छ । यसको एक दिन पहिले जेठ १० ‘फर्की फर्की’ रिलिजमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण