आईपीएलमा चुलियो कुकुरको चर्चा, पशु अधिकारकर्मीहरूद्वारा कारबाहीको माग
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार राति गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबिच खेल भएको थियो । यी दुई टोलीबिच खेल भइरहँदा अचानक एउटा कुकुर मैदानभित्र प्रवेश गरेको थियो ।
मैदानभित्र कुकुर प्रवेश गरेपछि केही समय खेल पनि प्रभावित भएको थियो । त्यसपछि सुरक्षाकर्मीले त्यो कुकुरलाई मैदानबाट बाहिर निकालेका थिए । तर, मैदानमा कुकुर प्रवेश गरेको त्यो घटनाले निकै चर्चा बटुलिरहेको छ । त्यो भिडियो सामाजिक सञ्जालमा पनि निकै भाइरल भइरहेको छ ।
खासमा, कुकुरलाई मैदानबाट बाहिरी निकाल्न सुरक्षाकर्मीहरू कुकुरको पछाडि दौडन्छन् । त्यसक्रममा केही सुरक्षाकर्मीले कुकुरलाई लात्तले हिर्काएको पनि भिडियोमा देखिन्छ । सुरक्षाकर्मीले कुकुरलाई लत्तले हिर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अहिले पशु अधिकारकर्मीहरूले त्यसको व्यापक विरोध गरिरहेका छन् ।
त्यो घटनालाई लिएर पशु अधिकारकर्मीहरूले कुकुरमाथि दूब्र्यवहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही हुनुपर्ने माग पनि गरेका छन् । उनीहरूले कुकुरलाई हिर्काउने सुरक्षाकर्मीलाई पक्राउ गरिनु पर्ने वा उनीहरूमाथि जरिवाना लगाइनु पर्ने माग गरेका छन् ।
केही सुरक्षाकर्मीले कुकुरलाई मुक्काले समेत हिर्काएको आरोप पनि पशु अधिकारकर्मीले लगाएका छन् । ‘बाटो बिर्सिएर स्टेडियमभित्र छिरेको निर्दोष कुकुरलाई लात्ती र मुक्काले हिर्काउनु निन्दनीय कार्य हो । दोषीमाथि कारबाही हुनै पर्छ । हामी घटनाको कडा शब्दमा निन्दा गर्छौँ,’ पेटा इन्डियाले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण