आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से सूचक दोहोरो अंकले घट्यो, शीर्ष कमाउनेमा आज पनि सर्वोत्तम सिमेन्ट !

बुधबार, १४ चैत २०८०, १५ : ५०
बुधबार, १४ चैत २०८०

काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन १० अंकले बढेको नेप्से सूचक बुधबार पुनः १०.८३ अंकले घट्दै २ हजार ३०.८६ अंकमा झरेको हो । 

आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.१७ अंकले घट्दै ३५९.४६ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

२ अर्ब २३ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको यसदिन कारोबार र कमाउने दुबैको शीर्ष स्थानमा शिवम् सिमेन्ट बनेको छ । कम्पनीको सेयर मूल्य आज पनि १० प्रतिशतले बढ्दा ९ करोड ७२ लाख २२ हजार ३२० रुपैयाँ बराबरको कारोबार भएको छ । 

यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८ करोड ३२ लाख २४ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा यता सोनापुर मिनिरल एण्ड आयल लिमिटेडको ७ करोड ३३ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

आज म्यानु एण्ड प्रो समूहको उपसूचक बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । कूल २४५ कम्पनीको सेयर कारोबार भएकोमा आज १८८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५१ वटाको वृद्धि र ६ वटाको मूल्य स्थिर रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप