नेप्से सूचक दोहोरो अंकले घट्यो, शीर्ष कमाउनेमा आज पनि सर्वोत्तम सिमेन्ट !
काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन १० अंकले बढेको नेप्से सूचक बुधबार पुनः १०.८३ अंकले घट्दै २ हजार ३०.८६ अंकमा झरेको हो ।
आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.१७ अंकले घट्दै ३५९.४६ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
२ अर्ब २३ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको यसदिन कारोबार र कमाउने दुबैको शीर्ष स्थानमा शिवम् सिमेन्ट बनेको छ । कम्पनीको सेयर मूल्य आज पनि १० प्रतिशतले बढ्दा ९ करोड ७२ लाख २२ हजार ३२० रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८ करोड ३२ लाख २४ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा यता सोनापुर मिनिरल एण्ड आयल लिमिटेडको ७ करोड ३३ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज म्यानु एण्ड प्रो समूहको उपसूचक बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । कूल २४५ कम्पनीको सेयर कारोबार भएकोमा आज १८८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५१ वटाको वृद्धि र ६ वटाको मूल्य स्थिर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण