शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टक्सिकमा यशको बहिनी बन्न लागेकी हुन् करिना ?

बुधबार, १४ चैत २०८०, १६ : ०७
बुधबार, १४ चैत २०८०

नयाँ दिल्ली । कन्नड सुपरस्टार यश केजीएफ २ पछि टक्सिकमार्फत ठुलो पर्दामा फर्किने तयारी गरिरहेका छन् । यशका फ्यानहरू हलमा गएर यो फिल्म हेर्न प्रतीक्षारत छन् । यो फिल्ममा बलिउड अभिनेत्री करीना कपूर यशको जोडी बन्न सक्ने अफवाह चलेको थियो ।

तर पछि भने यशको जोडीको रुपमा कियारा आडवाणीलाई कास्ट गरिएको चर्चा चल्न थाल्यो । श्रुति हसन पनि यशको जोडी बन्न सक्ने खबरहरू आइरहेका छन् । जूमको समाचार अनुसार करीना कपूर यो फिल्ममा यशको जोडी नभएर बहिनीको भूमिकामा देखिनेछिन् । करिनालाई फिल्ममा साइन गर्न कुराकानी भइरहेको बताइएको छ । फिल्मको कथा दाजु र बहिनीको वरिपरि हुने बताइएको छ । सुरुदेखि नै निर्माताहरू करिनालाई फिल्मको हिस्सा बनाउन इच्छुक थिए ।

धेरैले करिना उनको यशको हिरोइन हुने अड्कल गरेका थिए । फिल्ममा उनलाई यो भन्दा पनि सशक्त भूमिका दिइएको छ । करीना यस्तो खालको भूमिकामा यस अघि कहिले नदेखिएको बताइएको छ । तर यी खबरहरूको अहिलेसम्म पुष्टि भने भइसकेको छैन । यो फिल्मको निर्देशन गीतू मोहनदासले गरिरहेकी छिन् । फिल्म आगामी वर्षको अप्रिल १० मा रिलिज हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप