टक्सिकमा यशको बहिनी बन्न लागेकी हुन् करिना ?
नयाँ दिल्ली । कन्नड सुपरस्टार यश केजीएफ २ पछि टक्सिकमार्फत ठुलो पर्दामा फर्किने तयारी गरिरहेका छन् । यशका फ्यानहरू हलमा गएर यो फिल्म हेर्न प्रतीक्षारत छन् । यो फिल्ममा बलिउड अभिनेत्री करीना कपूर यशको जोडी बन्न सक्ने अफवाह चलेको थियो ।
तर पछि भने यशको जोडीको रुपमा कियारा आडवाणीलाई कास्ट गरिएको चर्चा चल्न थाल्यो । श्रुति हसन पनि यशको जोडी बन्न सक्ने खबरहरू आइरहेका छन् । जूमको समाचार अनुसार करीना कपूर यो फिल्ममा यशको जोडी नभएर बहिनीको भूमिकामा देखिनेछिन् । करिनालाई फिल्ममा साइन गर्न कुराकानी भइरहेको बताइएको छ । फिल्मको कथा दाजु र बहिनीको वरिपरि हुने बताइएको छ । सुरुदेखि नै निर्माताहरू करिनालाई फिल्मको हिस्सा बनाउन इच्छुक थिए ।
धेरैले करिना उनको यशको हिरोइन हुने अड्कल गरेका थिए । फिल्ममा उनलाई यो भन्दा पनि सशक्त भूमिका दिइएको छ । करीना यस्तो खालको भूमिकामा यस अघि कहिले नदेखिएको बताइएको छ । तर यी खबरहरूको अहिलेसम्म पुष्टि भने भइसकेको छैन । यो फिल्मको निर्देशन गीतू मोहनदासले गरिरहेकी छिन् । फिल्म आगामी वर्षको अप्रिल १० मा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण