छत्तीसगढ : प्रहरी भिडन्तमा ६ माओवादी मारिएको दाबी
बुधबार, १४ चैत २०८०, १८ : ४५
छत्तीसगढ । माओवादी प्रभावित छत्तीसगढको बिजापुरमा शङ्कास्पद माओवादीसँगको भिडन्तमा ६ माओवादी मारिएको प्रहरीले दाबी गरेको छ । भिडन्त भएको स्थानबाट ठुलो सङ्ख्यामा हतियारसमेत बरामद भएको प्रहरीले जनाएको हो ।
एक प्रहरी अधिकारीका अनुसार डीआरजी, सीआरपीएफ र कोब्रा बटालियनको संयुक्त टोली बासागुडा क्षेत्रमा होलीको दिन तीन गाउँलेको हत्याको सम्बन्धमा जानकारी लिन त्यहाँ जाँदै थियो। यसैबिच ताल्पेरु नदीको किनारमा रहेको चिप्परभट्टी क्षेत्रमा माओवादीसँग कथित भिडन्त भएको थियो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा दुई महिला पनि छन् । मारिएका माओवादीको पहिचान खुल्न नसकेको भए पनि हतियारका आधारमा प्रहरीले डेप्युटी कमाण्डर पनि मारिएको अनुमान गरेको छ । -बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण