छत्तीसगढ : प्रहरी भिडन्तमा ६ माओवादी मारिएको दाबी
बुधबार, १४ चैत २०८०, १८ : ४५

छत्तीसगढ । माओवादी प्रभावित छत्तीसगढको बिजापुरमा शङ्कास्पद माओवादीसँगको भिडन्तमा ६ माओवादी मारिएको प्रहरीले दाबी गरेको छ । भिडन्त भएको स्थानबाट ठुलो सङ्ख्यामा हतियारसमेत बरामद भएको प्रहरीले जनाएको हो ।
एक प्रहरी अधिकारीका अनुसार डीआरजी, सीआरपीएफ र कोब्रा बटालियनको संयुक्त टोली बासागुडा क्षेत्रमा होलीको दिन तीन गाउँलेको हत्याको सम्बन्धमा जानकारी लिन त्यहाँ जाँदै थियो। यसैबिच ताल्पेरु नदीको किनारमा रहेको चिप्परभट्टी क्षेत्रमा माओवादीसँग कथित भिडन्त भएको थियो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा दुई महिला पनि छन् । मारिएका माओवादीको पहिचान खुल्न नसकेको भए पनि हतियारका आधारमा प्रहरीले डेप्युटी कमाण्डर पनि मारिएको अनुमान गरेको छ । -बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन