उत्तर पुस्तिका हराएको विषयमा उपकुलपति कार्यालयले थाल्यो छानबिन
काठमाडौँ । उत्तर पुस्तिका हराएको विषयमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपति कार्यालयले छानबिन थालेको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका) को चरम लापरवाहीका कारण स्नातक तह (बीए) प्रथम वर्षको जनसङ्ख्या विषय र स्नातक तह प्रथम वर्षको ‘फाउण्डेशन अफ एजुकेशन ४१२’ उत्तर पुस्तिका हराएको छ ।
उक्त प्रकरणमा उपकुलपति कार्यालयले छानबिन गरेर दोषीमाथि कारबाही गर्ने जनाएको हो । छानबिन समिति बनाएर दोषीमाथि सात दिनभित्र कारबाही गर्ने प्रतिबद्धता उपकुलपति प्राडा केशरजंग बरालले जनाएका हुन् ।
उत्तर पुस्तिका हराएको विषयमा पनिकाले समेत छानबिन समिति गठन गरेको छ । उपकुलपति कार्यालयले समेत छानबिन समिति गठन गर्न लागेको हो । समितिले अनुसन्धान गरेर सात दिनभित्रमा प्रतिवेदन पेस गर्ने र सोही आधारमा दोषीमाथि कारबाही गर्ने उपकुलपति बरालले बताए ।
उत्तर पुस्तिका हराएपछि पनिकाले चैत २१ गतेदेखि पुनः परीक्षा गर्ने तयारी थालेको छ । ‘फाउण्डेशन अफ एजुकेशन ४१२’ को विषयमा भने पनिकाले हालसम्म गोप्य नै राखेको छ ।
पनिकाले जनसङ्ख्या विषयको परीक्षा सञ्चालन गर्न क्याम्पसहरूलाई निर्देशन दिएको छ । सोही आधारमा क्याम्पसहरूले विद्यार्थीहरूलाई परीक्षाका लागि बोलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण