रौतहट र ललितपुरमा दुई जना मृत फेला
बिहीबार, १५ चैत २०८०, १२ : ११
काठमाडौँ । रौतहट, वृन्दावन नगरपालिका–१ भोटिया टोल बस्ने ३५ बर्सिया सेतीमाया तामाङ सोही ठाउँस्थित बाग्मती खोलाको छेउमा रहेको मकै खेतमा मृत अवस्थामा फेला परेकी छिन् । घर नजिकै बाटोमा घाँटी काटिएर घाइते अवस्थामा फेला परेका तामाङका श्रीमान् ३७ वर्षीय तीर्थ वाइवाले श्रीमतीलाई धारिलो हतियार प्रहार गरेको बताएपछि खोजी गर्ने क्रममा घाँटी काटिएर मृत्यु भएको अवस्थामा सेतीमायाको शव फेला परेको हो ।
घाइते तीर्थ बाइवाको सिभिल अस्पताल चपुरमा उपचार भइरहेको छ । प्रहरीले घटनास्थलबाट धारिलो हतियार हँसिया २ थान फेला पारी बरामद गरेको छ ।
ललितपुर, ललितपुर महानगरपालिका–१४ महालक्ष्मी स्थान डेरा गरी बस्ने झापा घर भएकी ३४ बर्सिया अन्जु लिम्बु आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण