शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा ४ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

बिहीबार, १५ चैत २०८०, १५ : २५
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार सुरु हुँदा घटेपनि आधा घन्टापछि बढ्न थालेको थियो । बिहीबार सेयर बजारमा ४.७८ अंकको वृद्धि भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

यसक्रममा परिसूचक बढेर २०३९ अंकसम्म पुगेको थियो । जुन, अन्तिम समयसम्ममा ०.२३ प्रतिशतले बढेर बन्द भएको हो ।

यसक्रममा आज १२० वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ११५ वटा कम्पनीको सेयर मूल्य घट्दा १० कम्पनीको मूल्य भने स्थिर छ । यस्तै, आज ६६ लाख १४ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ ।

आज सर्वोत्तम सिमेन्टको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । सुरुमा ९.९९ प्रतिशतले नै बढेपनि अन्तिममा बिक्री चाप बढेपछि यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ रुपैयाँ घट्दै १०८२ रुपैयाँ कायम भएको हो । सर्वोत्तम सिमेन्टको सेयर मूल्य कारोबार सुरु भएयता निरन्तररुपमा बढ्दै आएको छ ।

यस्तै, हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । २ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा २ कम्पनीको मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । उन्नति सहकार्य लघुवित्त र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १०–१० प्रतिशतले घटेको छ ।

कारोबार अवधिमा सबैभन्दा धेरै सेयर किनबेच सर्वोत्तम सिमेन्टको भएको छ । यो कम्पनीको १९ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यसपछि, गुर्खाज फाइनान्सको सेयर १६ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ । परिसूचक बढेपनि ५ समूहको सूचक भने घटेको छ ।

बाँकी समूहको सूचक बढेको छ । उत्पादनमूलक समूहको सूचक १७० अंकले बढेको छ । यो सर्वोत्तम सिमेन्टमा आएको वृद्धिको प्रभाव पनि हो । यसपछि जीवन बिमा समूहको सूचक २९ अंकले बढेको छ भने वित्त समूहको सूचक ९ अंकले बढेको छ ।

आज सामान्य अंकले बढेको नेप्से परिसूचक हिजो मंगलबार भने दोहोरो अंकले घटेको थियो । हिजो नेप्से परिसूचकमा १० अंकको गिरावट आउँदा २ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको थियो । जुन, आजकोभन्दा न्यून हो । आज २ अर्ब ६५ करोडको कारोबार भएको छ ।

image

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप