क्रिकेटर केभिन पिटर्सन भन्छन्– खराब सहरको परिचय बनाउँदैछ लन्डन
काठमाडौँ । इङ्ल्यान्डको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान केभिन पिटर्सनले लन्डनले क्रमशः आफ्नो पुरानो परिचय गुमाउँदै गएको टिप्पणी गरेका छन् । उनले हालै भएको एक घटनाको प्रसंग उठाउँदै पछिल्लो समय लन्डन खराब सहरका रुपमा चित्रित हुँदै गएको बताए ।
आफ्नो समयका प्रभावशाली क्रिकेटर पिटर्सनले लन्डनस्थित रेलमा दिउँसै एक ब्यक्तिमाथि छुरा प्रहार गरिएको भिडियो सामाजिक सञ्जाल एक्स (यसअघि ट्वीटर) मा पोष्ट गर्दै यस्तो टिप्पणी गरेका हुन् । भिक्टोरियातर्फ गइरहेको रेलमा बुधबार दिउँसो एक ब्यक्तिमाथि छुरा प्रहार गरिएको थियो । स्थानीय प्रहरीले घटनाको छानबिन गरिरहेको छ । प्रहरीले घटनाको प्रत्यक्षदर्शीलाई सम्पर्कमा आउन अनुरोध पनि गरेको छ ।
छुरा प्रहारबाट घाइते भएका ती ब्यक्तिको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ । त्यही घटनाको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै क्रिकेटर पिटर्सनले भनेका छन्, ‘कुनै समय लन्डन गजबको सहर थियो । तर, पछिल्लो समय यो के भइरहेको छ ? यो घटना लन्डनका लागि अपमान पनि हो ।’
पिटर्सनले पछिल्लो समय लन्डनमा दिउँसै भइरहेका लुटपाटका घटनाले पनि चिन्ता बढाएको टिप्पणी गरेका छन् । चर्चित क्रिकेटर पिटर्सन हाल आईपीएलमा सहभागी हुने क्रममा भारतमा छन् । उनी जारी आईपीएलको कमेन्ट्री गर्छन् । पिटर्सनले सन् २०१८ को मार्चमा सक्रिय खेलजीवनबाट सन्न्यास लिएका थिए । उनको कप्तानमा इङ्ल्यान्डले चारवटा एसेस शृंखला जितेको थियो । उनले देशका लागि एक सय चार टेस्ट खेल्दै कुल आठ हजार एक सय ८१ रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण