पर्यटन बोर्डको रिक्त तीन सदस्यको नाम टुङ्गियो, को–को भए नियुक्त ?

काठमाडौँ । नेपाल पर्यटन बोर्ड (एनटीबी) को रिक्त तीन सदस्यको पदपूर्ति भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटा (कमल) लाई सदस्यमा नियुक्त गरेको हो ।
पर्यटन व्यवसायी ठाकुरराज पाण्डेको नेतृत्वमा गठित बोर्ड सदस्य छनोट तथा सिफारिस समितिले मंगलबार ५ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।
समितिले पर्यटन व्यवसायी अभिषेक विक्रम शाह (काठमाडौँ), अम्बर जंग गुरु (लम्जुङ्ग), राजेन्द बहादुर लामा (काभ्रेपलाञ्चोक), ऋषी भण्डारी (कास्की) र राम प्रसाद सापकोटा (कमल) धादिङ्गलाई अन्तिम ५ मा सिफारिस गरेकोमा मन्त्रिपरिषद्ले सोमध्येबाट भण्डारी, लामा र सापकोटालाई बोर्ड सदस्यमा मनोनयन गरेको हो ।
२०८० माघ २२ गते आफ्नो तीन वर्षे कार्यकाल पूरा गर्दै उपाध्यक्ष समेत रहेका चन्द्र रिजालसहित सदस्यद्वय कृष्ण शाह र नवाङ मिया शेर्पा बोर्डबाट बाहिरिएसँगै पर्यटन बोर्डमा तीन जना सदस्यको पद रिक्त हुन पुगेको थियो ।
नेपालको पहिलो ‘पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी)’ मोडलमा सञ्चालित पर्यटन बोर्डमा यसअघि बोर्ड सदस्य तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्ति तालुक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान प्राधिकरणमार्फत नै हुने गरेपनि योपटक भने मन्त्रिपरिषद्बाट निर्णय गर्न लागिएको हो ।
रिक्त तीन जना बोर्ड सदस्यका लागि २३ जना व्यवसायीहरुले आवेदन दिएका थिए ।
यसअघि मन्त्रालयका सहसचिव गोविन्द कार्कीको संयोजकत्वमा निजी क्षेत्रका दुईजना प्रतिनिधि राखेर बोर्ड सदस्य छनोट तथा सिफारिस समिति बनाइएको थियो । तर व्यवसायीहरूको तीव्र चाहना र प्रतिस्पर्धा देखिएपछि सरकारले सो समिति खारेज गर्दै पुनः निजी क्षेत्रकै सहभागितामा व्यवसायी ठाकुरराज पाण्डेको नेतृत्वमा पम्फा देवी पौडेल र अम्बिर बहादुर गुरुङसहितको तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।
सोही समितिको सिफारिसमा गएको अन्तिम ५ जनाको नामबाट बिहीबार मन्त्रिपरिषद्को बैठकले तीन जना बोर्ड सदस्यको टुङ्गो लगाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर