शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

सुदूरपश्चिम सरकारद्वारा मुक्तकमैया हलिया कमलरी पुनर्स्थापना कार्यविधि पारित

बिहीबार, १५ चैत २०८०, १९ : ४३
बिहीबार, १५ चैत २०८०

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको मुक्त कमैया, हलिया तथा कमलरी पुनर्स्थापना कार्यविधि २०८० पारित गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो कार्यविधि स्वीकृत गर्नेलगायतका निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए ।

प्रदेश सरकारको यो निर्णयसँगै दशकौँदेखि पुनर्स्थापना पर्खाइमा रहेका यहाँका मुक्तकमैया, हलिया र कमलरीको पुनर्स्थापनाको ढोका खुलेको हो ।

मुक्त कमैया, हलिया तथा कमलरीहरुको आव २०७५/२०७६ देखि रोकिएको पुनर्स्थापना तथा भरण षोषणको कार्य अब अगाडि बढ्ने आशा गरिएको छ ।

कार्यविधि आएपछि सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लास्थित ३३ सय बढी मुक्त कमैया, कमलरी र प्रदेशका विभिन्न जिल्लास्थित हजारौँ मुक्त हलिया पुनर्स्थापना हुने बाटो खुलेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप