गोविन्दा शिव सेनामा प्रवेश, चुनाव लड्ने अड्कलबाजी
बिहीबार, १५ चैत २०८०, २१ : ४७
नयाँ दिल्ली । हिन्दी फिल्मका चर्चित अभिनेता तथा कांग्रेस सांसद गोविन्दा बिहीबार शिवसेनामा प्रवेश गरेका छन् । उनले मुम्बईमा राज्यका मुख्यमन्त्री एकनाथ शिन्दे र मिलिन्द देवराको उपस्थितिमा पार्टीको सदस्यता लिएका हुन् ।
सो अवसरमा मुख्यमन्त्री शिन्देले उनलाई आफ्नो पार्टीको झण्डा दिँदै अंगवस्त्र लगाएर स्वागत गरेका थिए । गोविन्दालाई उत्तर पश्चिम मुम्बईको लोकसभा सीटबाट शिवसेना र एनडीएले उम्मेदवार बनाउन सक्ने बताइएको छ ।
यदि त्यसो भयो भने यो सिटमा उनले उद्धव ठाकरे समूहको शिवसेनाका अमोल कीर्तिकरसँग प्रतिस्पर्धा गर्नेछन् । गोविन्दा २००४ मा उत्तर मुम्बई लोकसभा सीटबाट सांसद थिए । त्यतिबेला उनले भाजपाका वरिष्ठ नेता राम नाइकलाई पराजित गरेका थिए । तर सन् २००९ मा उनले राजनीतिबाट सन्यासको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण