शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गोविन्दा शिव सेनामा प्रवेश, चुनाव लड्ने अड्कलबाजी

बिहीबार, १५ चैत २०८०, २१ : ४७
बिहीबार, १५ चैत २०८०

नयाँ दिल्ली । हिन्दी फिल्मका चर्चित अभिनेता तथा कांग्रेस सांसद गोविन्दा बिहीबार शिवसेनामा प्रवेश गरेका छन् । उनले मुम्बईमा राज्यका मुख्यमन्त्री एकनाथ शिन्दे र मिलिन्द देवराको उपस्थितिमा पार्टीको सदस्यता लिएका हुन् ।

सो अवसरमा मुख्यमन्त्री शिन्देले उनलाई आफ्नो पार्टीको झण्डा दिँदै अंगवस्त्र लगाएर स्वागत गरेका थिए । गोविन्दालाई उत्तर पश्चिम मुम्बईको लोकसभा सीटबाट शिवसेना र एनडीएले उम्मेदवार बनाउन सक्ने बताइएको छ ।

यदि त्यसो भयो भने यो सिटमा उनले उद्धव ठाकरे समूहको शिवसेनाका अमोल कीर्तिकरसँग प्रतिस्पर्धा गर्नेछन् ।  गोविन्दा २००४ मा उत्तर मुम्बई लोकसभा सीटबाट सांसद थिए । त्यतिबेला उनले भाजपाका वरिष्ठ नेता राम नाइकलाई पराजित गरेका थिए । तर सन् २००९ मा उनले राजनीतिबाट सन्यासको घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप