शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकामा तीर्थयात्री बोकेको बस दुर्घटना, ४५ जनाको ज्यान गयो

शुक्रबार, १६ चैत २०८०, ०९ : ३१
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक ८ वर्षीय बालिकाको जीवितै उद्धार गरिए पनि उनको अवस्था गम्भीर रहेको छ । 

बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया सहरतर्फ गइरहेको तीर्थयात्री बोकेको बस बिहीबार अनियन्त्रित भएर उत्तरपूर्वी लिम्पोपो प्रान्तमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पहाडमा ठोक्किएर पुलबाट करिब ५० फिट तल खोँचमा बस खसेपछि आगलागी भएको थियो । दुर्घटनामा घाइते एक ८ बर्सिया बालिकाको भने जीवितै उद्धार गरिएको छ।तर, उनको अवस्था गम्भीर रहेको छ ।

घटनापछि त्यहाँ स्थलगत निरीक्षण गर्न पुगेकी यातायात मन्त्री सिन्दिसिवे चिकुंगाले बस दुर्घटनामा परी ज्यान गुमाएका परिवार प्रति समवेदना प्रकट गरेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप