दक्षिण अफ्रिकामा तीर्थयात्री बोकेको बस दुर्घटना, ४५ जनाको ज्यान गयो
शुक्रबार, १६ चैत २०८०, ०९ : ३१
काठमाडौँ । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक ८ वर्षीय बालिकाको जीवितै उद्धार गरिए पनि उनको अवस्था गम्भीर रहेको छ ।
बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया सहरतर्फ गइरहेको तीर्थयात्री बोकेको बस बिहीबार अनियन्त्रित भएर उत्तरपूर्वी लिम्पोपो प्रान्तमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पहाडमा ठोक्किएर पुलबाट करिब ५० फिट तल खोँचमा बस खसेपछि आगलागी भएको थियो । दुर्घटनामा घाइते एक ८ बर्सिया बालिकाको भने जीवितै उद्धार गरिएको छ।तर, उनको अवस्था गम्भीर रहेको छ ।
घटनापछि त्यहाँ स्थलगत निरीक्षण गर्न पुगेकी यातायात मन्त्री सिन्दिसिवे चिकुंगाले बस दुर्घटनामा परी ज्यान गुमाएका परिवार प्रति समवेदना प्रकट गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण