लिभरपुलाई महत्त्वपूर्ण उपलब्धि दिलाउने फुटबलर लोयडको निधन
काठमाडौँ । आफ्नो समयका प्रभावशाली फुटबल खेलाडी ल्यारी लोयडको ७५ वर्षको उमेरमा निधन भएको छ । डिफेन्डर लोयडले इङ्लिस क्लब नटिङ्घम फरेष्ट र लिभरपुलबाट लामो समय व्यावसायिक फुटबल खेलेका थिए ।
उनले इङ्गल्यान्डको उमेर समूहको टोली र राष्ट्रिय टोलीबाट पनि फुटबल खेलेका थिए । उनको बिहीबार निधन भएको समाचारमा जनाइएको छ । नटिङ्मघ फरेष्टले सन् १९७७–७८ सिजनमा इङ्लिस प्रिमियर लिगको उपाधि चुम्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए ।
लोयडले नटिङ्घम फरेष्टलाई सन् १९७८–७९ र सन् १९७९–८० सिजनको युरोपियन कपको उपाधि चुमाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् १९७२–७३ सिजनमा लिभरपुललाई इङ्लिस प्रिमियर लिगको उपाधि चुमाउन पनि उनको भूमिका महत्त्वपूर्ण रहेको थियो ।
सोही सिजन उनले लिभरपुललाई यूईएफए कपको उपाधि पनि चुमाएका थिए । ‘ल्यारी लोयडको निधनको समाचारले हामी स्तब्ध: भएका छौँ । क्लबलाई ठुला सफलताहरू दिलाउन उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । हामी उहाँको आत्माको चिर शान्तिको कामना गर्दछौँ,’ नटिङ्घम फरेष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज
-
विदेशी लगानी भित्र्याउने लक्ष्यसहित आजदेखि तेस्रो लगानी सम्मेलन
-
आज यी स्थानमा वर्षको सम्भावना, लुम्बिनी, मधेस र कोशी प्रदेशमा हावाहुरीको जोखिम
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अध्यादेश जारी गर्ने सरकारको निर्णयको कांग्रेसद्वारा निन्दा
-
पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश ‘नदिएको हुन सक्ने’ अमेरिकी गुप्तचर निकायको रिपोर्ट