संसद् अवरोध हटाउन दलहरूबिच छलफल हुन्छ : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले दलहरूबिचको सहमतिमा संसद् बैठक चल्ने बताएका छन् । जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)को महासभामा सहभागी भएर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले आफू बाहिर भएको बेला के–के भयो भन्ने कुरा धेरै थाहा नभएको बताए ।
आफू विदेश जाँदा प्रतिनिधि सभा बैठक नै स्थगित गरेर जानुपर्ने कारणबारे सञ्चारकर्मीले गरेको प्रश्नमा घिमिरेले भने,‘ यहाँ के भयो भन्ने कुरा धेरै थाहा छैन । तर सामान्यतया सभामुख जाँदा बैठक रोकिएको हुन्छ ,अव हामी आइपुगेका छौँ बैठकहरू चल्छन् ।’
उनले संसदीय क्यालेन्डर अनुसार नै चैत १८ गतेबाट बैठक चल्ने पनि बताए । ‘दलहरूबिच छलफल हुन्छ र सोही अनुसार हामी अघि बढ्छौ’, सभामुख घिमिरेले संसद् अवरोधबारे दलहरूबिच छलफल गरेर संसद् बैठकले गति लिने बताए ।
सभामुख घिमिरे नेतृत्वको टोली गत बिहीबार जेनेभा गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण