घान्द्रुकमा पर्यटन महोत्सव हुने, घोडा दौडाउने प्रतियोगिता
पोखरा । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३० गतेसम्म महोत्सव गर्न लागिएको हो । महोत्सवमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल, बास्केटबल, घोडादौड, चक्रीय पदमार्ग दौड, ठेलो हान्ने र म्युजिकल प्रतियोगिता हुने समितिका अध्यक्ष विक्रम गुरुङले बताए ।
क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताका विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने महिलातर्फ विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउने उनले बताए ।
खुला बास्केटबल प्रतियोगितामा विजेतालाई १ लाख र उपविजेतालाई ६० हजार रुपैयाँ पुरस्कार राखिएको छ । बिशेष आकर्षणको रुपमा रहेको घोडा दौडमा विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ र तेस्रो हुनेले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
चक्रीय पदमार्ग दौड प्रतियोगिता विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने महोत्सव संयोजक अमृत लामा गुरुङले जानकारी दिए । महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई ३० प्रतिशत छुट दिइने आयोजकले जनाएको छ । घान्द्रुकमा अहिले ७० वटा व्यवस्थित होटल र १७ होमस्टे सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण