घान्द्रुकमा पर्यटन महोत्सव हुने, घोडा दौडाउने प्रतियोगिता

पोखरा । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३० गतेसम्म महोत्सव गर्न लागिएको हो । महोत्सवमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल, बास्केटबल, घोडादौड, चक्रीय पदमार्ग दौड, ठेलो हान्ने र म्युजिकल प्रतियोगिता हुने समितिका अध्यक्ष विक्रम गुरुङले बताए ।
क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताका विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने महिलातर्फ विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउने उनले बताए ।
खुला बास्केटबल प्रतियोगितामा विजेतालाई १ लाख र उपविजेतालाई ६० हजार रुपैयाँ पुरस्कार राखिएको छ । बिशेष आकर्षणको रुपमा रहेको घोडा दौडमा विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ र तेस्रो हुनेले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
चक्रीय पदमार्ग दौड प्रतियोगिता विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने महोत्सव संयोजक अमृत लामा गुरुङले जानकारी दिए । महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई ३० प्रतिशत छुट दिइने आयोजकले जनाएको छ । घान्द्रुकमा अहिले ७० वटा व्यवस्थित होटल र १७ होमस्टे सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
-
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो
-
कञ्चनपुरका सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
-
प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको प्रगति, न्यूक्यासल र चेल्सीलाई पछि पार्यो
-
चार वायु थप सक्रिय, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना