शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्याको हातमा आयो अर्को ठुलो फिल्म

शुक्रबार, १६ चैत २०८०, १२ : ०९
शुक्रबार, १६ चैत २०८०

नयाँ दिल्ली । दक्षिण भारतीय चलचित्र उद्योगका चर्चित अभिनेता सूर्याले आफ्नो करियरमा कयौँ हिट फिल्म दिएका छन् । विक्रम वेध, जय भीम, सिंघम, रक्त चरित्र, गजनीलगायत अधिकांश चलचित्रमा उनको दमदार अभिनय देख्न पाइन्छ ।

फ्यानहरू यतिबेला उनको बहुप्रतिक्षित फिल्म ‘कंगुवा’ पर्खिरहेका छन् । यस फिल्ममा सूर्यासँग बबी देओल देखिँदै छन् । कंगुवाका कारण चर्चामा रहेका सूर्याले आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् । ‘कंगुवा’पछि उनी कार्तिक सुब्बाराजको फिल्ममा काम गर्नेछन् । आफ्नो सामाजिक सञ्जालमा अभिनेताले एउटा पोस्टर शेयर गरेका छन् ।

यसमा भिन्टेज कार जलिरहेको छ, केही रूखमा मुटुको सङ्केत बनाइको छ, यसलाई तीरले छेडेको छ । पोस्टर शेयर गर्दै सूर्याले भनेका छन्–‘नयाँ सुरुवात...!  तपाईँहरू सबै जनाको शुभकामनाको आवश्यकता छ ।’ 

सूर्यासँग काम गर्न आफू निकै उत्साहित भएको कार्तिक बताउँछन् । कार्तिकले आफ्नो पोस्टमा लेखेका छन्, ‘मेरो अर्काे फिल्म एभर–असम सूर्याको साथमा छ । म यसको लागि धेरै उत्साहित छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप