सूर्याको हातमा आयो अर्को ठुलो फिल्म
नयाँ दिल्ली । दक्षिण भारतीय चलचित्र उद्योगका चर्चित अभिनेता सूर्याले आफ्नो करियरमा कयौँ हिट फिल्म दिएका छन् । विक्रम वेध, जय भीम, सिंघम, रक्त चरित्र, गजनीलगायत अधिकांश चलचित्रमा उनको दमदार अभिनय देख्न पाइन्छ ।
फ्यानहरू यतिबेला उनको बहुप्रतिक्षित फिल्म ‘कंगुवा’ पर्खिरहेका छन् । यस फिल्ममा सूर्यासँग बबी देओल देखिँदै छन् । कंगुवाका कारण चर्चामा रहेका सूर्याले आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् । ‘कंगुवा’पछि उनी कार्तिक सुब्बाराजको फिल्ममा काम गर्नेछन् । आफ्नो सामाजिक सञ्जालमा अभिनेताले एउटा पोस्टर शेयर गरेका छन् ।
यसमा भिन्टेज कार जलिरहेको छ, केही रूखमा मुटुको सङ्केत बनाइको छ, यसलाई तीरले छेडेको छ । पोस्टर शेयर गर्दै सूर्याले भनेका छन्–‘नयाँ सुरुवात...! तपाईँहरू सबै जनाको शुभकामनाको आवश्यकता छ ।’
सूर्यासँग काम गर्न आफू निकै उत्साहित भएको कार्तिक बताउँछन् । कार्तिकले आफ्नो पोस्टमा लेखेका छन्, ‘मेरो अर्काे फिल्म एभर–असम सूर्याको साथमा छ । म यसको लागि धेरै उत्साहित छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
-
पेप्सीकोलामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण धमाधम, दुई महिनाभित्र काम सकिने
-
यी ५ कारणले चुक्यो अर्जेन्टिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण