अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
सारांश
- सामाजिक अभियन्ता सोनम वाङचुकले आफ्नो अनशन समाप्त गर्ने सर्तहरू सार्वजनिक गर्दै निश्चित परिस्थितिमा मात्रै भोक हडताल अन्त्य गर्ने बताएका छन्।
- नीट परीक्षामा भएको कथित धाँधली र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग राख्दै वाङचुक दिल्लीको जन्तर-मन्तरमा अनिश्चितकालीन भोक हडतालमा बसेका थिए।
- वाङचुकले अस्पतालबाटै हातले लेखेको पत्रमार्फत तीन वटा सर्तमध्ये कुनै एक पूरा भएमा वा निश्चित परिस्थिति बनेमा जुलाई २० मा अनशन तोड्ने उल्लेख गरेका छन्।
नयाँ दिल्ली । सामाजिक अभियन्ता सोनम वाङचुकले आफ्नो अनशन समाप्त गर्ने सर्तहरू सार्वजनिक गर्दै निश्चित परिस्थितिमा मात्रै भोक हडताल अन्त्य गर्ने बताएका छन्।
उनले सोमबार बिहान सामाजिक सञ्जाल एक्समा लिखित सन्देश जारी गर्दै आफूलाई गैरकानुनी हिरासतमा राखिएको दाबी समेत गरेका छन्।
नीट परीक्षामा भएको कथित धाँधली र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग राख्दै वाङचुक दिल्लीको जन्तर-मन्तरमा अनिश्चितकालीन भोक हडतालमा बसेका थिए। दिल्ली प्रहरीले जुलाई १८ मा उनलाई जवर्जस्ती उठाएर सफदरजङ अस्पताल लगेको थियो। अस्पतालमा पुर्याइए पनि उनको अनशन जारी नै छ। सोमबार उनको अनशनको २३ औँ दिन पुगेको छ।
वाङचुकले अस्पतालबाटै हातले लेखेको पत्रमार्फत तीन वटा सर्तमध्ये कुनै एक पूरा भएमा वा निश्चित परिस्थिति बनेमा जुलाई २० मा अनशन तोड्ने उल्लेख गरेका छन्।
पत्रमा उनले सरकारले प्रश्नपत्र लीकजस्ता शिक्षा प्रणालीका हालैका असफलताहरूको जिम्मेवारी स्वीकार गर्नुपर्ने पहिलो सर्त राखेका छन्। यस्तै सांसदहरू र ककरोच जनता पार्टी (सीजेपी) का नेताहरूले यो मुद्दा संसद्मा उठाउने आश्वासन दिएमा पनि अनशन समाप्त गर्ने उनले बताएका छन्। तेस्रो सर्तका रूपमा स्वास्थ्य वा अन्य कारणले अनशन जारी राख्न सम्भव नभएमा विभिन्न दलका सांसद र नेताहरूले अस्पतालमै आएर प्रतिबद्धता जनाएमा अनशन तोड्ने उनले उल्लेख गरेका छन्।

जुलाई १९ गतेको मिति उल्लेख गरिएको उक्त पत्रको अन्त्यमा वाङचुकले सफदरजङ अस्पतालमा आफूलाई गैरकानुनी हिरासतमा राखिएको र हिँडडुल, अभिव्यक्ति तथा सञ्चारको स्वतन्त्रतामा रोक लगाइएको आरोप लगाएका छन्।
यसैबिच, सीजेपीले सोमबारका लागि आह्वान गरेको शान्तिपूर्ण संसद् मार्चलाई प्रहरीले अनुमति दिएको छैन। अनुमति नभए पनि जन्तर-मन्तरमा सयौँ समर्थकहरू भेला भएका छन्। सीजेपीका संस्थापक अभिजित दीपकेले रातभर धरना जारी राख्न अपिल गरेका छन्।
वाङचुककी पत्नी गीताञ्जली आङमोले पनि राजनीतिक नेताहरूले शिक्षा प्रणालीको जबाफदेहीको मुद्दा संसद्मा उठाउने भरोसा दिएमा श्रीमान्ले भोक हडताल समाप्त गर्ने बताएकी छन्। प्रदर्शनकारीहरूले नीट प्रश्नपत्र लिक, शिक्षा क्षेत्रका अनियमितता र विद्यार्थीको आत्महत्याजस्ता मुद्दालाई लिएर केन्द्रीय शिक्षा मन्त्रीको राजीनामा माग गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण