शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गाजामा औषधि र खाद्य सामग्री पुर्‍याउन दिन इजरायललाई आदेश

शुक्रबार, १६ चैत २०८०, १२ : ३६
शुक्रबार, १६ चैत २०८०

इजरायल । संयुक्त राष्ट्र सङ्घको शीर्ष अदालतले बिना कुनै अवरोध गाजामा राहत सामग्री र औषधि जस्ता सामग्री पुर्याउन दिन इजरायललाई आदेश दिएको छ । इजरायलले बिना ढिलाई यसका लागि कदम उठाउनु पर्छ भनेर इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे)ले भनेको छ । गाजामा केही हप्ताभित्र अनिकालको स्थिति उत्पन्न हुने चेतावनी आएपछि यो आदेश आएको हो । इजराययले भने राहत सामाग्री रोकेको आरोपको आधारहीन बताउँदै आएको छ ।

गाजामा राहत प्रवाह बढाउन आफूहरूले अहिलेकै तरिकाको विस्तार गरिरहेको अनि नयाँ पहलहरुको प्रवर्द्धन पनि गरिरहेको इजरायलका विदेश मन्त्रीले अदालतको आदेशको प्रतिउत्तरमा भनेका थिए । गाजाको अहिलेको अवस्था र युद्ध छेडेको दोष हमासको भएको बताइएको छ । 

आईसीजेको आदेश कानुनी रूपमा बाध्यकारी छ । तर अदालतसँग यो आदेश पालना गर्न लगाउने तागत भने छैन । गएको हप्ता एउटा प्रतिवेदनले गाजाका २२ लाद जनसंख्या चरम खाद्य असुरक्षाको खतरामा रहेको बताएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप