गाजामा औषधि र खाद्य सामग्री पुर्याउन दिन इजरायललाई आदेश
इजरायल । संयुक्त राष्ट्र सङ्घको शीर्ष अदालतले बिना कुनै अवरोध गाजामा राहत सामग्री र औषधि जस्ता सामग्री पुर्याउन दिन इजरायललाई आदेश दिएको छ । इजरायलले बिना ढिलाई यसका लागि कदम उठाउनु पर्छ भनेर इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे)ले भनेको छ । गाजामा केही हप्ताभित्र अनिकालको स्थिति उत्पन्न हुने चेतावनी आएपछि यो आदेश आएको हो । इजराययले भने राहत सामाग्री रोकेको आरोपको आधारहीन बताउँदै आएको छ ।
गाजामा राहत प्रवाह बढाउन आफूहरूले अहिलेकै तरिकाको विस्तार गरिरहेको अनि नयाँ पहलहरुको प्रवर्द्धन पनि गरिरहेको इजरायलका विदेश मन्त्रीले अदालतको आदेशको प्रतिउत्तरमा भनेका थिए । गाजाको अहिलेको अवस्था र युद्ध छेडेको दोष हमासको भएको बताइएको छ ।
आईसीजेको आदेश कानुनी रूपमा बाध्यकारी छ । तर अदालतसँग यो आदेश पालना गर्न लगाउने तागत भने छैन । गएको हप्ता एउटा प्रतिवेदनले गाजाका २२ लाद जनसंख्या चरम खाद्य असुरक्षाको खतरामा रहेको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण