टी–२० क्रिकेट
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने
शुक्रबार, १६ चैत २०८०, १२ : ५५

काठमाडौँ । आयरल्यान्ड ‘ए’ विरुद्धको शुक्रबार हुने टी–२० खेलमा घरेलु टोली नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल ‘ए’ ले टस जिती आयरल्यान्ड ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
यसअघि बिहीबार हुने भनिएको खेल वर्षाका कारण रद्ध भएको थियो । त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ तालिकाका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको दोस्रो टी–२० खेल शनिबार खेलिने छ ।
यी दुई टोलीबिचको तेस्रो टी२० खेल भने अप्रिल १ तारिखमा खेलिने छ । त्यसपछि नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच तीन खेलको एकदिवसीय शृंखला खेलिने छ । पहिलो एकदिवसीय अप्रिल ३ मा, दोस्रो एकदिवसीय अप्रिल ५ मा र तेस्रो एकदिवसीय अप्रिल ७ तारिखमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड’का लागि भियतनाम उडे रोहित र प्रशंसा
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पसगाउँका प्रकृति र संस्कृतिलाई पदयात्रा पर्यटनसँग जोडिँदै
-
विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
तस्बिरमा हेर्नुहोस् शैलुङको सुन्दरता