टी–२० क्रिकेट
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने
शुक्रबार, १६ चैत २०८०, १२ : ५५
काठमाडौँ । आयरल्यान्ड ‘ए’ विरुद्धको शुक्रबार हुने टी–२० खेलमा घरेलु टोली नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल ‘ए’ ले टस जिती आयरल्यान्ड ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
यसअघि बिहीबार हुने भनिएको खेल वर्षाका कारण रद्ध भएको थियो । त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ तालिकाका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको दोस्रो टी–२० खेल शनिबार खेलिने छ ।
यी दुई टोलीबिचको तेस्रो टी२० खेल भने अप्रिल १ तारिखमा खेलिने छ । त्यसपछि नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच तीन खेलको एकदिवसीय शृंखला खेलिने छ । पहिलो एकदिवसीय अप्रिल ३ मा, दोस्रो एकदिवसीय अप्रिल ५ मा र तेस्रो एकदिवसीय अप्रिल ७ तारिखमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण