सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
टी–२० क्रिकेट

सागर ढकालले लिए आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट

शुक्रबार, १६ चैत २०८०, १३ : ४९
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट लिएको छ । आयरल्यान्डको दोस्रो विकेट सागर ढकालले लिएका हुन् । उनले आयरल्यान्ड ‘ए’ का तेस्रो नम्बरका ब्याट्सम्यान केड कार्मिकललाई एलबीडब्लूको धरापमा पारेका थिए । 

पेभेलियन फर्किनुअघि केड कार्मिकलले २९ बलमा एक छक्का र चार चौकाको मद्दतले ३८ रन बनाएका थिए । १०औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा आयरल्यान्डले ९० रन बनाएको छ । नेपाल ‘ए’ ले टस जिती आयरल्यान्ड ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप