टी–२० क्रिकेट
४९ रनमा आउट भए आयरल्यान्डका ओपनर पिटर मुर, आरिफ शेखले बोल्ड गरे
शुक्रबार, १६ चैत २०८०, १३ : ५८
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ को तेस्रो विकेट लिएको छ । आयरल्यान्डको तेस्रो विकेट आरिफ शेखले लिएका हुन् । आरिफले आयरल्यान्डका ओपनर ब्याट्सम्यान पिटर मुरलाई बोल्ड गरे ।
पिटर मुर केवल एक रनका कारण अर्धशतक पुरा गर्नबाट चुके । उनले ३२ बलमा तीन छक्का र चार चौकाको मद्दतले ४९ रन बनाए । ११ औँ ओभरको अन्तिम बलमा पिटर मुर आउट हुँदा आयरल्यान्डले ९६ रन बनाएको छ । नेपाल ‘ए’ ले टस जिती आयरल्यान्ड ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण